एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ बढेको छ।  बिहीबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला चार हजार ६ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

खबर सबै