

१४ औँ स्थापना दिवसको अबसरमा कपिलवस्तु फोटोग्राफरको फोटो वाक कार्यक्रम सम्पन्न


कपिलवस्तु फोटोग्राफर संघको १४ औँ स्थापना दिवसको अवसरमा आयोजित फोटो वाक कार्यक्रम सम्पन्न भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ९ लाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा सहभागी फोटोग्राफरहरुले स्थानीय धार्मिक, पर्यटकीय तथा प्राकृतिक सम्पदासहित यहाँको जनजीवनलाई आफ्नो क्यामेरामा कैद गरेका छन्।
कार्यक्रमअन्तर्गत फोटोग्राफरहरुले कोपिलधामदेखि रामदत्तिवन धामसम्मका धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक सम्पदा र स्थानीय जनजीवनका विविध पक्षलाई विभिन्न कोणबाट तस्बिरमा उतारेका थिए।
कार्यक्रमका निर्देशक तथा लुम्बिनी फोटोग्राफर संघका प्रदेश कर्ण तिवारी -कुमार) ले विभिन्न विधामा उत्कृष्ट तस्बिर खिच्ने फोटोग्राफरलाई संघको आगामी साधारणसभामा नगद पुरस्कारसहित सम्मान तथा पुरस्कृत गरिने जानकारी दिए। यस किसिमका कार्यक्रमले फोटोग्राफी क्षेत्रमा सक्रिय व्यक्तिहरूको क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय कला, संस्कृति, पर्यटन र प्राकृतिक सम्पदाको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए।
कार्यक्रमका संयोजक विवेक विवेक वि.सीले फोटो वाक कार्यक्रमको उद्देश्य तथा यसबाट स्थानीय धार्मिक, पर्यटकीय र प्राकृतिक क्षेत्रको प्रचारप्रसारमा पुग्ने योगदानबारे जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा सरेपानी सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष राजु खड्का ले स्थानीय स्तरमा रहेका पर्यटकीय तथा प्राकृतिक सम्पदालाई तस्बिरमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन फोटोकर्मीको महत्वपूर्ण भूमिका रहने बताए।
त्यस्तै, नेपाल फोटोग्राफर महासघं सस्थापक केन्द्रिय सदस्य सदस्य रामचन्द्र बेल्वासे ले फोटोग्राफी केवल तस्बिर खिच्ने माध्यम मात्र नभई समाज, संस्कृति, इतिहास र प्रकृतिलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
आयोजित कार्यक्रममा कपिलवस्तु जिल्लाका ४५ बढी फोटोग्राफरहरुको उपस्थिती रहेको थियो भने सहभागिता जनएका फोटोग्राफरहरुलाई सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
कपिलवस्तु फोटोग्राफर संघका अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पनि अध्यक्ष पाण्डेले नै गरेका थिए।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया