

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु



लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार साउन महिनामा प्रदेशभर भएका ४१८ सवारी दुर्घटनामध्ये २८७ दुर्घटना तीव्र गतिका कारण भएका छन् ।
कार्यालयले सार्वजनिक गरेको साउन महिनाको ट्राफिक गतिविधि विवरणअनुसार दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । ७११ जना घाइते भएका छन् । मृत्यु हुनेमा २८ पुरुष र सात महिला छन् ।
दुर्घटनाको दोस्रो प्रमुख कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको छ । साउन महिनामा मापसेका कारण ७३ वटा दुर्घटना भएका छन् ।
चालकको असक्षमता तथा लापरबाहीका कारण ३९, अन्य लापरबाहीका कारण ६, ब्रेक फेल भएर ६, छाडा चौपाया तथा जनावरका कारण चार, हतारमा बाटो काट्दा दुई र अनावश्यक ओभरटेकका कारण एउटा दुर्घटना भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।


खबर सबै
-
देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
-
स्वास्थ्य बिमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
-
रुपन्देहीमा चलाइयो गोली, तीनजना पक्राउ
-
सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु
-
ज्येष्ठ नागरिकको आँगनमै पुगेर ‘जस्मिन बड्स’का विद्यार्थीले दिए सम्मान र शुभकामना
-
रुपन्देहीमा चलाइयो गोली, तीनजना पक्राउ
-
सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु
-
ज्येष्ठ नागरिकको आँगनमै पुगेर ‘जस्मिन बड्स’का विद्यार्थीले दिए सम्मान र शुभकामना
-
नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा
-
निजामती कर्मचारीले प्रदर्शन र हडताल गर्न नपाउने
-
कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक पूर्ण रूपमा सुचारु







प्रतिक्रिया