

कपिलवस्तुमा ग्यास डिस्ट्रीब्युटर्स पसलहरूमा छड्के अनुगमन


इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा विभिन्न ग्यास डिस्ट्रीब्युटरका पसलहरूमा छड्के अनुगमन
कृष्णनगर । बजारमा ग्यासको कृत्रिम अभाव तथा कालोबजारी भएको व्यापक जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले विभिन्न ग्यास डिस्ट्रीब्युटरका पसलहरूमा छड्के अनुगमन गरेको छ।
प्रहरी टोलीले कृष्णनगर क्षेत्रका श्री जीर्ण डिस्ट्रीब्युटर, श्री साई इम्पेक्स, पहाडी स्टोर, सेमरा गाउँस्थित विनोद किराना स्टोर, स्टार ट्रेडिङ तथा नेपाल टेलिकम नजिकै रहेको एसएमभी सप्लायर्समा अनुगमन गरेको हो।
अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको वा कालोबजारी भएको स्पष्ट प्रमाण नदेखिएको प्रहरीले जनाएको छ। तथापि, बजारमा अनावश्यक हल्ला नफैलाउन र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित डिस्ट्रीब्युटरहरूलाई आवश्यक सुझाव तथा निर्देशन दिइएको छ।
प्रहरीले बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको गुनासो आएमा थप कडाइका साथ कारबाही गर्ने चेतावनी समेत दिएको छ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो






प्रतिक्रिया