

ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो


कीर्तिमानी पर्वतारोही पुर बहादुर गुरूङ (युक्त) को पार्थिव शरीर नेपाल ल्याइएको छ।
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका गुरूङको शव आज काठमाडौं ल्याइएको हो।
उनको पार्थिव शरीरलाई केहीबेर नागपोखरीस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
संघमा आयोजित श्रद्धाञ्जली सभापछि उनको पार्थिव शरीरलाई निवासमा लगिने र भोलि स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन्।
गुरूङ (युक्त) नेपालका एक अनुभवी पर्वतारोही तथा पथप्रदर्शक थिए।
पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) हिमालमा भएको हिमपहिरोमा १० जना नेपाली तथा विदेशी आरोहीको ज्यान गएको थियो।
गत बिहीबार बिहान हिमपहिरोमा परेका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स दाइ’ पुर्जासहित दसै जना आरोहीको निधन भएको थियो।


खबर सबै
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु






प्रतिक्रिया