

श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय

राजेन्द्र खनाल, कपिलवस्तु । सामुदायिक वनहरू केवल वन संरक्षण र व्यवस्थापनमा मात्र सीमित नरही पछिल्लो समय सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा समेत सक्रिय हुन थालेका छन् ।
जसको ज्वलन्त उदाहरण बनेको श्रृङ्गिघाट सामुदायिक वनबाट प्राप्त आम्दानीलाई विकास निर्माण, विपद् तथा राहत सहयोग, क्षमता अभिवृद्धि र समुदायका आवश्यकतामा लगानी गर्न थालेपछि स्थानीय तहमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अहम्मद अन्सारीका अनुसार सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणलाई प्राथमिकतामा राख्दै आम्दानीको एक हिस्सा सामाजिक तथा सामुदायिक विकासमा खर्च गर्न थालेका छन्। यसले वनप्रतिको अपनत्व बढाउनुका साथै समुदायको जीवनस्तर सुधारमा समेत योगदान पु¥याएको छ ।

कपिलवस्तुको बाणगंगामा रहेको श्रङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक तथा जनहितका कार्यलाई प्राथमिकता दिएका छ ।
जस अन्तरगत विगतमा लुम्बिनी प्रदेशमै पहिलो फायर हाईड्रेन्ड अर्थात आपतकालिन पानी निकास जसबाट आगलागीका घट्ना हुदाँ तुरुन्तै पानीको सहज पहुँच हुनेगरि बाणगंगाका १४ स्थानमा जडान गरिएको छ । यससंगै समुदायमा विपन्न वर्गलाई राहत, सामुदायिक विद्यालयहरुमा सहयोग, तथा पछिल्लो समय यस क्षेत्रकै मृत्यु संस्कार अर्थात संसानघाट रहेको लक्ष्मणघाटमा शव जलाउन दाउरा संकट हुन थालेपछी दाउरा संकलन तथा बिक्रि केन्द्र तथा शव दाह स्थलको समेत शुरुवात गर्ने नमुना वनको रुपमा श्रृङ्गिघाट स्थापित हुँदै आएको छ ।
घर घरमा नर्स सेवा प्रभावकारी बनेको छ । श्रृङ्गिघाटले आफ्ना उपभोक्ता स्वास्थ्यलाई ध्यानमा राखेर घर घरमै नर्स मार्फत स्वास्थ्य जाँच गर्दै आएको छ ।
जसका कारण युवा लिडरका रुपमा उदाएका समितिका अध्यक्ष शुशिल सिंह ठकुरीले सामुदायिक वनको आम्दानीलाई समुदायमै प्रतिफल दिने उद्देश्यले यस्ता पूर्वाधार निर्माणका काम गरिएको बताए । उनका अनुसार वन संरक्षणसँगै समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
सामुदायिक वनहरूले पूर्वाधार निर्माणमा मात्र होइन, उपभोक्ताको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सीपमूलक कार्यक्रम सञ्चालनमा समेत लगानी गरिरहेका बताए । विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रममार्फत उपभोक्तालाई सशक्त बनाउने प्रयास भइरहेको छ।
वनभित्र वन्यजन्तुको संरक्षणका निम्ति पानीका श्रोत व्यवस्थापन करिडोर लगाएतका कार्यहरु समेतको व्यवस्थापन गरिएको बताईएको छ । कुनै कारण वनबाट प्रभावित स्थानीयलाई समूहको कोषबाट राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ। वन संरक्षणमा समुदायको सहभागिता बढाउन र प्रभावित परिवारलाई राहत दिन यस्ता कार्यक्रम प्रभावकारी बनेको समुह कि सचिव सुष्मा खाँणले बताईन् ।
दिगो वन व्यवस्थापनको अवधारणालाई आत्मसात् गरेको श्रृङ्गिघाट सामुदायिक वनले पछिल्लो समय उपभोक्तामैत्री र समुदायकेन्द्रित गतिविधिलाई विस्तार गर्दै आएको छ ।
वन र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै सामुदायिक वनहरूले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउने अभ्यास गरिरहेका छन्। वन जोगाउने मात्र होइन, समुदायको सुख–दुःखमा साथ दिने, स्थानीय आवश्यकता सम्बोधन गर्ने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानमा श्रृङ्गिघाट उदाहरणीय बन्दै गएको छ ।
स्थानीय तहको विकास, वातावरण संरक्षण र समुदायको समृद्धिलाई एकसाथ जोड्ने यस्ता प्रयासले सामुदायिक वनको प्रभावकारिता थप उजागर गरेको छ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार






प्रतिक्रिया