

पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित जनसेवा कृषि सहकारी संस्थाको लामो समयदेखि रिक्त रहेको संचालक समितिले अन्ततः पुर्णता पाएको छ । यही असार ३ गतेको विशेष भेलाले सर्व सम्मति रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
शेयर सदस्यहरु मध्येका ज्येष्ठ सदस्य आत्मराम आचार्यको अध्यक्षतमा अयाोजित भेलााले नयाँ समिति चयन गरेको शेयर सदस्य तथा वडा सदस्य हरि शंकर पौडेलले जानकारी दिएका छन् । असार ३ गतेको भेलाबाट चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ भने नयाँ कार्यसमितिका पदाधिकारीहरुले पदभार समेत ग्रहण गरेका छन् ।
नव गठित कार्यसमितिको अध्यक्ष अम्मर बहादुर गुरुङ् चयन भएका छन । यस्तै समितिको उपाध्यक्षमा राम बहादुर बस्नेत, सचिवमा मीना क्षेत्री थापा, कोषाध्यक्षमा शिवा रजाली गाहा चयन भए । यस्तै समितिको सदस्यहरुमा क्रमशः कृष्ण प्रसाद गैरे, टेकराज खनाल, शंखर प्रसाद न्यौपाने, रामबहादुर के.सी र जनमुना भाट क्षेत्री रहेका छन् ।
जन सेवा कृषि सहकारी संंस्था लिमिटेड २०८२ साल पौष २५ गते देखि विभिन्न विवाद र अन्यौलग्रस्त अवस्थाका कारण नेतृत्व विहिन बनिरहेको थियो । जसका कारण संस्थाका नियमिति गतिविधि समेत प्रभावित भइरहेका थिए । शेयर सदस्यहरुको बढ्दो आक्रोश तथा बिरोधका बावजुद हाल सहकारीले नयाँ नेतृत्वको टुङ्गो लगाएको हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया