

कपिलवस्तुमा बस दुर्घटना : ३८ जना घाइते


कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४, बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार (जेठ १२) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उद्धार गरी उपचारका निम्ति घाइतेलाई जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । घाइतेमध्ये ३५ जनालाई थप उपचारका निम्ति भैरहवास्थित विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुईजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन् ।
बसका चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनामा परी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर, ओखलढुंगालगायत जिल्लाका यात्रु घाइते भएका छन् ।
बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया