

तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई



संयुक्त अरब इमिरेट्स यूएई तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरिएको छ ।
आगामी मे १ बाट ओपेकमा नरहने घोषणा यूएईले गरेको हो । मुलुकको दीर्घकालीन रणनीतिमा आधारित रहँदै यो निर्णयमा पुगेको यूएईले जनाएको छ ।
ओपेक राष्ट्रहरूले स्ट्रेट अफ होर्मुजबाट तेल निर्यात गर्न सकिरहेका छैनन् । अरब राष्ट्रले युद्धका क्रममा इरानी आक्रमण रोक्न भूमिका निर्वाह नगरेको टिप्पणी भएपछि यूएईले उक्त कदम चालेको अलजजिराले उल्लेख गरेको छ ।
ओपेक सन् १९६० मा गठन भएको थियो । ओपेक राष्ट्रहरूले विश्वको कुल खपतको एक तिहाइ तेल आपूर्ति गर्छन् । ओपेकमा १२ र ओपेक प्लस थप १० गरी २२ राष्ट्र छन् । यूएई बाहिरिएसँगै ओपेकमा ११ राष्ट्र हुनेछन् ।


खबर सबै
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण







प्रतिक्रिया