

बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी

काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा अपलोड गरिएका सामग्रीबारे स्पष्टीकरण दिन रुपन्देहीका एक चिकित्सकलाई पत्र पठाएको छ।
काउन्सिलले डा. सुधिरप्रसाद साहलाई पत्र पठाउँदै सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमार्फत् सार्वजनिक गरिएका भिडियो सामग्रीबारे स्पष्टीकरण माग गरेको हो।
बरिष्ठ मुटुरोग बिशेषज्ञ शाहले आफ्नो कार्डियोलोजिष्ट डा. सुधिर शाह नामको फेसबुक आईडी र टिकटक आइडीबाट बिरामीहरुको उपचारको भिडियो सार्वजनिक गर्ने गर्दै आएका छन्।
काउन्सिलले जारी गरेको पत्रानुसार डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ सम्म विभिन्न भिडियो सामग्री अपलोड गरेको भन्दै ती सामग्रीको अनुगमन तथा अध्ययन गर्दा नेपाल मेडिकल काउन्सिलको कोर्ड अफ इथिक्स एण्ड प्रोफेसनल कनडक्ट २०१७ उल्लङ्घन भएको प्रारम्भिक निष्कर्ष निकालिएको उल्लेख गरिएको छ।
उनले भैरहवा तथा बुटवलका विभिन्न क्षेत्रमा बसेर टिकटकमार्फत् आफ्नो अभियान चलाएका छन्। पत्रमा आचारसंहिताको दफा ३ को (C 4) तथा अन्य सम्बन्धित व्यवस्थाहरू उल्लङ्घन भएको भन्दै पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरिएको छ। निर्धारित समयभित्र स्पष्टीकरण नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सन्तोषकुमार देवद्वारा हस्ताक्षरित उक्त पत्रमा काउन्सिलको आधिकारिक वेबसाइटमार्फत् आचारसंहिता र निर्देशिका उपलब्ध रहेको पनि उल्लेख गरिएको छ।
डा. साह सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत चिकित्सक हुन्। उनले सामाजिक सञ्जालमार्फत् स्वास्थ्यसम्बन्धी भिडियो सामग्री नियमित रूपमा सार्वजनिक गर्दै आएका छन्। यस विषयमा डा. साहको प्रतिक्रिया लिन खोज्दा सार्वजनिक नम्बर अफ रहेको छ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया