

अमृते सामुदायिक वनले संचालन गरेको एक महिने ‘सिपमूलक तालिम’को समापन


साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वन उपभोक्ता समुहले संचालन गरेको एक महिने सिपमुलक तालिमको मंगलबार औपचारिक समापन गरिएको छ । अमृते सामुदायि वन उपभोक्ता समुहले एक महिना अघिदेखि संचालन गरेको सिपमुलक तालिम (बाँस र बाँसजन्य वस्तुबाट सामग्री उत्पादन) संचालन गरेको थियो ।
स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित झरना यो पार्क स्थलमा संचालन गरिएको उक्त तालिममा वन समुहका उपभोक्ता सदस्यहरु सहभागि भएका थिए । उनीहरुले “बाँसबाट बन्ने हस्तकलाका विभिन्न सामग्री उत्पादन गरेका छन् । “स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार” भन्ने नाराका साथ अमृते सामुदायिक वन उपभोक्त समुहको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लिको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय युवायुवती तथा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य राखेको आयोजक संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले बताए ।
वनका अनुसार तालिम २०८२ फागुन २५ गतेदेखि सुरु भएको थियो भने मंगलबार समापन गरिएको हो । उक्त तालिमका माध्यमबाट सहभागीहरूलाई बाँसको प्रयोग गरी टोकरी, डालो, डोको, मुढा, सजावटी सामग्री, घरायसी प्रयोगका सामग्री लगायत बजारमा बिक्री गर्न सकिने विभिन्न हस्तकलाका वस्तु उत्पादन गर्ने सीप प्रदान गरिएको छ ।
तालिममा बाँसको छनोट, काट्ने तरिका, प्रशोधन, डिजाइन बनाउने सीप तथा बजार व्यवस्थापनसम्बन्धी ज्ञानसमेत दिइएको प्रशिक्षकहरूले बताए । स्थानीय स्तरमै सहज रूपमा पाइने बाँसलाई उपयोग गरेर हस्तकला सामग्री उत्पादन गर्न सकिने भएकाले यसले घरेलु तथा साना उद्योगको विकासमा टेवा पुग्नुका साथै बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्न सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।

कार्यक्रम सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतासहित सव डिभिजन वन कार्यालय गोरुसिँगेका रेन्जर अमित पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजसेवाी नारायण खनाल, वनका सल्लाहाकार गोपाल गिरीसहित विभिन्न संघसंस्थाका प्रमुखहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा परम्परागत रूपमा प्रयोग हुँदै आएको बाँसजन्य हस्तकलालाई आधुनिक डिजाइन र बजारसँग जोड्न सके राम्रो आम्दानीको स्रोत बन्न सक्ने विचार व्यक्त गरेका छन् । यस्ता सिपमूलक तालिमले विशेषगरी ग्रामीण क्षेत्रका युवायुवती र महिलालाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको विश्वास छ ।
आयोजक संस्थाले तालिममा सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादनलाई बजारसम्म पु¥याउन सके स्थानीय स्तरमै उद्यमशीलता विकास हुने विश्वास व्यक्त गरेको छ।


खबर सबै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी






प्रतिक्रिया