
न्यून आय वर्गलाई सुरक्षा कवच, कालिका सामुदायिक वनद्वारा ६० जना उपभोक्ताको ‘जीवन बीमा’

साझाकुरा, कपिलवस्तु | बाणगंगा नगरपालिका वडा नं. ९ बक्सिसपुरस्थित कालिका सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सबै ६० जना उपभोक्ता सदस्यहरुको सामूहिक जीवन बीमा गरिदिएको छ। वन समूहले आफ्नै लागतमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, जीतपुर शाखामार्फत बीमा गरिदिएको हो।
निम्न आयस्रोत भएका समुदायका नागरिकहरुलाई संस्थागत रूपमा समेट्दै बीमाको पहुँचमा ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको समूहले जनाएको छ। आर्थिक रूपमा कमजोर वर्ग पनि बीमाको दायरामा आउनुपर्छ भन्ने सोचका साथ यस्तो पहल गरिएको बताइएको छ।
बीमा सम्झौताअनुसार सदस्यहरूले विभिन्न जोखिममा राहत पाउने व्यवस्था गरिएको छ। बीमाले बहन गर्ने मुख्य जोखिमहरूमा प्राकृतिक वा दुर्घटनाजन्य मृत्यु भएमा रु १ लाख बराबरको रकम प्रदान गरिने, दुर्घटनाबाट मृत्यु भएमा थप रु १ लाख -जम्मा रु २ लाख) उपलब्ध गराइने व्यवस्था छ। त्यसैगरी दुर्घटनाका कारण पूर्ण स्थायी अशक्तता भएमा रु १ लाख प्रदान गरिने उल्लेख छ।
एकल सदस्य सहायता खर्चअन्तर्गत श्रीमान् वा श्रीमतीको मृत्यु भएमा वा विधवा/विधुर अवस्थामा एकमुष्ट रु २,५०० सहयोग प्रदान गरिनेछ । विवाह सहायता खर्च अन्तर्गत सदस्यका छोरा वा छोरीको विवाह हुँदा वर्षमा एकपटक रु २,५०० सहयोग दिने व्यवस्था पनि गरिएको छ।
यस्तै सुत्केरी स्याहार खर्च अन्र्तगत विमित सदस्य वा नीजको श्रीमती सुत्केरी भएको अवस्थामा सुत्केरी स्याहार खर्च रु ३ हजार प्रदान गरिने पनि विमा कार्यक्रमको सम्झौतामा उल्लेख छ ।
कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, जीतपुर शाखाका प्रमुख दीपक कुँवरले यस्तो कार्यलाई उदाहरणीय र अनुकरणीय भएको भन्दै सामुदायिक वन समूहलाई बधाई दिएका थिए। उनले बीमाले आपतकालीन अवस्थामा ठूलो राहत दिने भएकाले यसको महत्व बुझेर सबैले अपनाउनुपर्ने बताए।

सामुदायिक वनका अध्यक्ष टुकलाल शर्मा, सचिव सीता मरासिनी, लेखा संयोजक लालमणि अधिकारी लगायत पदाधिकारीहरूको उपस्थितिमा बीमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा वक्ताहरूले æबीमा गर्ने बेला नगरेपछि आवश्यक पर्दा गर्न मिल्दैनÆ भन्दै समयमै बीमा गर्नुको महत्वबारे स्पष्ट पारेका थिए। सामुदायिक वनको यो पहलले ग्रामीण समुदायमा सामाजिक सुरक्षा मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया