
काेटिहवा सामुदायिक बनकाे पाँचौ अधिवेशन :अध्यक्षमा बेल्बासे चयन

बाबुराम रायमाझी, भलवाड । रुख रोपौ,बन जोगाऔ भन्ने मुल नाराका साथ वाणगंगा ९ बर्दहवामा रहेको काटिहवा सामुदायिक बनको पाचौ अधिबेशनबाट आगामि ३ बर्षका लागी पदम बहादुर बेल्बासेको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ। जसको उपाध्यक्षमा लालमाया बुढा मगर सचीवमा छ्बी चुदालि सह सचीवमा बिशाल बेल्बासे कोषाध्यक्षमा लक्ष्मी दर्जि अन्य सदस्यमा क्रमशः हिरा बस्नेत लिला खडका गिता राना चेतमान घर्ती मगर तनमाय रोका घर्ति र मिना खनाल सर्बसम्मतरुपा चयन हुनु भएको छ ।
त्यस्तै दिनेश के सि को संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरेको छ ।साथै १४औं साधारणसभा भब्य र सभ्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रममा समुहका सचिव पदम बहादुर बेल्बासेले बार्षिक प्रगति प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष लक्ष्मी दर्जीले आर्थिक बर्ष २०८१/०८२ को ५७ लाख ३ हजार बराबरको आय -ब्यय सार्बजनिक गरेकि थिइन । समुहका अध्यक्ष ध्रुव बेल्बासेले काटिहवा सामुदायिक बनको भाबी रणनीतिको बारेमा बताएका थिए ।साथै लेखा समितिकाे प्रतिबेदन लेखा संयोजक दिनेश के सि ले सुझाव सहित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामुदायिक बनले समुहमा बन उपभोक्ता मध्ये का ७० बसन्त पुरा गरेका ८ जना जेष्ठ नागरिकलाइ सम्मानित गरेको थियो भने सामुदायिक बिधालय अध्ययनरत ८जना विद्यार्थीलाइ पाठय सामाग्री वितरण गरेको थियो । साथै हालै सामुदायिक जंगलमा अग्नि नियन्त्रण गरे बापत ११ जना उपभोक्तालाइ नगदबाट सम्मानित गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर कार्यपालिका सदस्य केशरा गुरुङले सामुदायिक बनको संरक्षण ,सम्बर्द्धन गर्नुपर्ने कुरामा जोड दिएकि थिइन ।कार्यक्रममा सामुदायिक बनको तर्फबाट अमृते सामुदायिक बनका अध्यक्ष योगेन्द्र पौडेल भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी नव प्रभात सहकारीका अध्यक्ष बसन्त खनाल सल्लाहकार फर्स बहादुर बस्नेत लगायतले आ- आफ्नो धारणा राख्दै साधारणसभा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा काटिहवा सामुदायिक बनका अध्यक्ष ध्रुब बेल्बासेले सबैमा धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रम समितिका कोषाध्यक्ष लक्ष्मी दर्जीको स्वागत एबम समुहको सचिव पदम बहादुर बेल्बासेलो संचालनमा भएको थियो ।याे सामुदायिक बन १ सय ७२ प्वाइन्ट ३७ हेक्टर क्षेत्रफल रहेको र यस सामुदायिक बनमा ३७३ घरधुरी प्रत्यक्ष लाभान्वित रहेका छ्न ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया