

कपिलवस्तुको बुद्धभूमिमा भैँसी चराउन गएका बालक पौडी खेल्दा डुबेर मृत्यु !



कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ मा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय कक्षा ७ मा अध्ययनरत तुसार खनाल रहेका छन्। आज गुडरुङ खोलामा साथीसँग पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गोरुसिंगे र सशस्त्र प्रहरी चौरी बेसको संयुक्त टोलीले खोजी गरी शव बाहिर निकालेको थियो। निकालिएको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जानकारी दिएको छ।
जंगलमा भैँसी चराउन गएका खनाल स्थानीय खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया