

इरानसँगको युद्ध अमेरिकाका लागि अत्यधिक महँगो सावित हुँदै

वासिङटन : इरानसँगको युद्ध अमेरिकाका लागि अत्यधिक महँगो सावित हुँदै छ। इरानमाथि आक्रमणपछि सुरु भएको युद्धको पहिलो ६ दिनमा अमेरिकाले कम्तिमा ११.३ अर्ब डलर (१६ खर्ब ७० अर्ब ३६ करोड रुपैयाँ) को क्षति बेहोरेको छ।
ट्रम्प प्रशासनका अधिकारीहरूले पहिलो दुई दिनमा इरानमाथि ५.६ अर्ब डलर बराबरको हतियार प्रयोग भएको सांसदहरूलाई जानकारी दिएका छन्।
ट्रम्प प्रशासनले अमेरिकी कांग्रेसको ब्रिफिङमा सांसदहरूलाई उक्त जानकारी दिएको हो। समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार यो तथ्याङ्क मंगलबार बन्द कोठाको बैठकमा सिनेटरहरूसमक्ष प्रस्तुत गरिएको थियो। यद्यपि, यसमा युद्धको पूर्ण लागत समावेश गरिएको छैन।
युद्ध अझै केही दिन जारी रह्यो भने खर्च निकै बढ्ने अनुमान गरिएको छ। कांग्रेसका धेरै सदस्यहरूले ट्रम्प प्रशासनले युद्धका लागि कांग्रेसबाट थप कोषको अनुरोध गर्ने भन्दै आशंका गर्न थालेका छन्। कुनै कुनै सदस्यले थपिने उक्त रकम ५० अर्ब डलर हुन सक्ने बताएका छन्।
ट्रम्प प्रशासनले अहिलेसम्म युद्धको पूरा खर्च सार्वजनिक गरेको छैन। लडाइँ कहिले समाप्त हुन्छ भन्ने कुनै स्पष्ट संकेत पनि दिएको छैन।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धमा विजय हासिल गरेको दाबी गरेका छन्। यद्यपि उनले अझै अमेरिकी सेनाले त्यहाँ आक्रमण गर्ने बताएका छन्।
केन्टुकीमा एक र्यालीको क्रममा ट्रम्पले समर्थकहरूलाई भनेका थिए, “तपाईं कहिल्यै भन्न चाहनुहुन्न कि तपाईंले धेरै चाँडो जित्नुभयो। हामीले जित्यौं। पहिलो घण्टामा सबै कुरा सकियो।”


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया