

समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, अन्य दलले कति पाए ?



काठमाडौँ | प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म एक करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ ।
जसमा रास्वपाले ५० लाख मत कटाएको छ । रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत अर्थात १६.२ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १४ लाख ११ हजार ४२९ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत अर्थात ३.४ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २४ हजार ८८१ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ । त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया