

निर्वाचन आयोगले भन्याे- बुधबारसम्ममा समानुपातिकतर्फकाे सबै मतगणना सम्पन्न गर्छाैँ



निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना भइरहेकाे जनाएकाे छ । आयाेगका अनुसार हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रकाे नतिजा घाेषणा भइसकेकाे छ भने बाँकी १० निर्वाचन क्षेत्रकाे मतगणना जारी छ।
भाेलि (साेमबार) दिउँसाेसम्ममा सबै निर्वाचन क्षेत्रकाे प्रत्यक्षतर्फकाे मतगणना सम्पन्न हुने अपेक्षा गरिएकाे छ । समानुपातिकतर्फ खसेकाे १ कराेड ९ लाख मत मध्ये हाल सम्म ५० लाख (करीब ४६ प्रतिशत) काे मतगणना सम्पन्न भएकाे आयाेगले जनाएकाे छ ।
२७ फागुन बिहानसम्म समानुपातिकतर्फकाे सबै मतगणना भइसक्ने अपेक्षा गरिएकाे छ । समानुपातिकतर्फकाे मतगणना सम्पन्न भएपछि थ्रेसहाेल्ड पार गरेका दलहरूले प्राप्त गरेकाे मतका आधारमा आयाेगले सम्बन्धित दलकाे तर्फबाट निर्वाचित हुने सांसदकाे संख्या निर्धारण गर्ने आयाेगकाे तयारी छ ।
आयाेगका अनुसार निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारकाे प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदकाे नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि साे नामावली समावेशी कलष्टर बमाेजिम मिले नमिलेकाे रूजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदकाे नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने आयाेगले जनाएकाे छ । ५ चैत्रभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयाेगले काम गरिरहेकाे आयाेगले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया