

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा



रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।
बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्याएपछि गणना सुरु भएको छ ।
राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ ।
यस क्षेत्रमा नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको उम्मेदवारीका कारण यस जिल्लाको नतिजालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।
जिल्लाका दुर्गम र उच्च हिमाली भेगका मतदान केन्द्रहरूबाट मतपेटिका ढुवानी गर्न भौगोलिक विकटताका कारण चुनौती देखिए पनि सुरक्षा निकायको कडा स्कर्टिङमा रातभरिमा सबै बाकस सदरमुकाम ल्याइएको थियो । ‘सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भएपछि राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा गणना सुरु गरेका हौं’, मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया