

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा



रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।
बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्याएपछि गणना सुरु भएको छ ।
राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ ।
यस क्षेत्रमा नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको उम्मेदवारीका कारण यस जिल्लाको नतिजालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।
जिल्लाका दुर्गम र उच्च हिमाली भेगका मतदान केन्द्रहरूबाट मतपेटिका ढुवानी गर्न भौगोलिक विकटताका कारण चुनौती देखिए पनि सुरक्षा निकायको कडा स्कर्टिङमा रातभरिमा सबै बाकस सदरमुकाम ल्याइएको थियो । ‘सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भएपछि राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा गणना सुरु गरेका हौं’, मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया