

कपिलवस्तुमा कांग्रेसले गर्यो ३ वडाध्यक्षसहित ५७ जनालाई ५ बर्ष निष्कासनको कारबाही


नेपाली काँग्रेस जिल्ला कार्यसमिति कपिलवस्तु जिल्लाले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा ५७ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
जिल्ला कार्यसमितिको बैठकले जिल्ला अनुशासन समितिको सिफारिसका आधारमा यस्तो निर्णय गरेको जनाएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रचार–प्रसार तथा सहयोग गरेको प्रमाण फेला परेपछि उनीहरूलाई कारबाही गरिएको बताइएको छ।
कारबाहीमा पर्नेहरूमध्ये तीन जना निर्वाचित वडा अध्यक्षसमेत रहेका छन्। निष्कासनमा पर्नेहरूमा बाणगंगा नगरपालिका–५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, कपिलवस्तु नगरपालिका–८ का वडा अध्यक्ष शिवकुमार पाण्डेय र महाराजगञ्ज नगरपालिका–११ का वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरी रहेका छन्।
पार्टीका अनुसार अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पार्टी विधानको धारा ३४ को उपधारा ४ ९ख० बमोजिम साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरिएको हो।
साथै, उक्त निर्णय अनुमोदनका लागि प्रदेश समिति तथा केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया