

चुनावकाे मुखमा एमाले कपिलवस्तुका वडा कमिटी उपाध्यक्षसहितका युवाहरु नेकपामा प्रवेश


कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कमिटीका उपाध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सदस्य दिपक बहादुर सुनारले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
आईतबार पचेहरामा आयोजित एक कार्यक्रमका बीच कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्ण बहादुर कुँवरले सुनारलाई पार्टीमा स्वागत गरेका हुन् । वर्षौंदेखि एमालेमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सुनारले पार्टी र समाजका लागि निरन्तर योगदान दिँदासमेत उचित मूल्यांकन नभएको गुनासो गर्दै आफू पार्टी परित्याग गर्न बाध्य भएको बताए ।
कार्यक्रममा बोल्दै उम्मेदवार कुँवरले सुनारजस्ता युवा र सक्रिय व्यक्तित्वको आगमनले पार्टी संगठन अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया