

फागुन २१ को निर्वाचन तयारी: कपिलवस्तुमा ५२ प्रकारका सामग्रीसहित २९ सय ४६ कर्मचारी परिचालन हुँदै



कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु जिल्लामा आवश्यक तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयले ५२ प्रकारका निर्वाचन सामग्रीसहित २९ सय ४६ जना कर्मचारी मतदान केन्द्रमा खटाउने तयारी गरेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत निश्चल मोक्तानका अनुसार जिल्लाभर रहेका ४९१ मतदान केन्द्रका लागि ४९१ वटा ‘पोका’ तयार पारिएको छ । प्रत्येक मतदान केन्द्रका लागि छुट्टाछुट्टै पोका बनाएर सामग्री व्यवस्थित रूपमा प्याकिङ गरी पठाउने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि आवश्यक ५२ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री निर्वाचन आयोगबाट उपलब्ध गराइएको छ भने १५ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयले आफैं व्यवस्था गरेको हो । ती सामग्रीमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मतदान अधिकृतका कागजात, फाराम, सिलबन्दी सामग्री, स्ट्याम्प प्याड, इन्डेलिबल मसी, डोरी, ट्याग लगायतका अत्यावश्यक सामग्री समावेश छन् ।
जिल्लामा खटिने २९ सय ४६ कर्मचारीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा कार्यालय सहयोगी समावेश रहेका छन् । प्रत्येक मतदान केन्द्रमा न्यूनतम आवश्यक जनशक्ति सुनिश्चित गरिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको टुंगो लागिसकेको छ भने अन्य कर्मचारीको जिम्मेवारी पनि निर्धारण भइसकेको जनाइएको छ ।
निर्वाचन सामग्रीको सुरक्षित ढुवानी र भण्डारणका लागि सुरक्षा निकायसँग समन्वय गरी विशेष योजना बनाइएको छ । सामग्री सम्बन्धित मतदान केन्द्रसम्म सुरक्षित रूपमा पु¥याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइने जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रहरूमा आवश्यक भौतिक पूर्वाधारको अवस्थाबारे पनि अनुगमन गरिएको छ । पहुँचमार्ग, सञ्चार सुविधा, सुरक्षा संवेदनशीलता तथा व्यवस्थापनका पक्षहरूलाई मध्यनजर गर्दै तयारीलाई अन्तिम रूप दिइँदैछ ।
कपिलवस्तुमा तीन निर्वाचन क्षेत्र रहेका छन् । यसपटक जिल्लाबाट प्रतिनिधिसभामा तीन जना सांसद प्रत्यक्ष निर्वाचित हुनेछन् । जिल्लाभर ९८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन नजिकिँदै जाँदा प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच समन्वय थप सुदृढ बनाइएको छ । आवश्यक सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन पूरा भएसँगै फागुन २१ को निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया