

“नेता होइन, समाधान चाहियो” – मतदाताको सन्देश, के आशिष कपिलवस्तु १ मा बलिया बनेका हुन ?


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ को चुनावी मैदान तातेको छ। यही तातो माहोलबीच वाणगंगा नगरपालिकाको वडा नं.७ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरेको घरदैलो अभियानले राजनीतिक समीकरण नै हल्लाइदिएको छ।
घर–घरमा पुगेर मतदाताका समस्या सुन्दै हिँडेका शर्मालाई स्थानीयले अब “नेता होइन, समाधान” का रूपमा लिन थालेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार जस्ता आधारभूत विषयमा वर्षौंदेखि बेवास्ता भोग्दै आएका मतदाताले यसपटक दलगत चस्मा फालेर स्वतन्त्र उम्मेदवारलाई जिताउनुपर्ने स्पष्ट सन्देश दिएका छन्।
घरदैलो अभियानका क्रममा मतदाताले खुलेर भने– “अब पुराना अनुहार होइन, काम गर्ने युवा चाहियो।” यही आवाज वाणगंगा–७ मा साझा नारा बन्दै गएको छ। सक्षम, इमानदार र संस्कारी युवा उम्मेदवारका रूपमा चिनिएका आशिष शर्माप्रति मतदाताको भरोसा दिनानुदिन बलियो बन्दै गएको देखिन्छ।
स्वतन्त्र उम्मेदवारी लिएर मैदानमा उत्रिएका शर्मा अहिले कपिलवस्तु जिल्लाको राजनीतिमा सबैभन्दा शक्तिशाली विकल्पका रूपमा उभिँदै गएका छन्। दलका उम्मेदवारहरू संगठन र नारामा अल्झिरहँदा शर्मा जनताको पीडासँग जोडिएको व्यवहारिक राजनीतिका कारण अग्रपंक्तिमा देखिएका छन्।
चुनाव चिन्ह ‘जिप’ बोकेर अघि बढेका शर्मालाई यसपटक भारी मतसहित संसद पठाउनुपर्ने मतदाताको आकलनले स्वतन्त्र पक्षमा बलियो लहर सिर्जना भएको छ। “युवा हुन्, केही गर्छन्, यसपटक मौका दिनैपर्छ” भन्ने जनभावना वाणगंगा–७ मा स्पष्ट रूपमा सुनिन थालेको छ।
नारा होइन, परिणाम दिने राजनीति शर्माको पहिचान बनेको छ। जनताको दुःख–सुखमा सधैं साथ दिने स्वभाव, प्रत्यक्ष संवाद र डर नमानेर प्रश्न उठाउने साहसकै कारण उनी नेता होइन, जनताको आफ्नै प्रतिनिधिका रूपमा स्थापित हुँदै गएका छन्।
वाणगंगा–७ बाट उठेको यो आवाज अब कपिलवस्तु क्षेत्र नं. १ भर फैलिँदै गएको छ। स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा बन्दै गएको यो जनलहरले चुनावी परिणामलाई निर्णायक मोडतर्फ लैजाने संकेत दिएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया