

कपिलवस्तुमा नक्कली नोटसहित ४ जना पक्राउ


कपिलवस्तु — जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले नक्कली नेपाली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोटसहित कुल रु. १ लाख १ हजार बराबरको नक्कली रकम बरामद गरिएको छ।
पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय सुदु यादव, ऐ.का १९ वर्षीय अजय यादव, कपिलवस्तु नगरपालिका–८ का ५२ वर्षीय संजय गुप्ता (उर्फ पतेश्वरी प्रसाद गुप्ता) र ऐ.बस्ने ५० वर्षीय साजिदा खातुन रहेका छन्।
नक्कली नोटको कारोबार बुद्धभूमि नगरपालिका–१० स्थित पेट्रोल पम्प, सोही वडाको तरकारी पसल तथा कपिलवस्तु नगरपालिका–३ स्थित पेट्रोल पम्पबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्नमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। कपिलवस्तु जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले नक्कली नोटको कारोबारबारे जानकारी भए तुरुन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया