
रोटरी क्लव कपिलवस्तुका प्रेसिडेन्ट खनालको जन्मदिनमा २०० बढी नागरिको निःशुल्क स्वास्थ्य जाँच

कपिलवस्तु | कपिलवस्तुको वाणगंगा नगरपालिका–७ बनगाईमा रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा निःशुल्क सुगर तथा मुटु रोग जाँच कार्यक्रम सम्पन्न भएको छ। समुदायमा बढ्दो दीर्घरोगको जोखिमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा २ सयभन्दा बढी स्थानीय नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष गोपाल खनालका अनुसार ग्रामीण भेगका सर्वसाधारण नागरिकहरू नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित हुने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा उनीहरूकै घरआँगनसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
“ग्रामीण क्षेत्रका नागरिकहरूमा सुगर र मुटु रोगको जोखिम बढ्दै गएको छ, तर नियमित जाँचको पहुँच नहुँदा समस्या जटिल बन्दै जान्छ,” उनले भने, “यस्ता निःशुल्क कार्यक्रमले समयमै रोग पहिचान गर्न ठूलो सहयोग पुर्याउँछ।” क्लबका वर्ष २०२५–२६ का अध्यक्ष समेत रहेका गोपाल प्रसाद खनालले आफ्नो जन्मदिनको शुभ अवसर पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए। बिहानदेखि सुरु भएको कार्यक्रममा महिला, ज्येष्ठ नागरिक तथा विभिन्न उमेर समूहका सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

स्वास्थ्यकर्मीको टोलीले सुगर तथा मुटु सम्बन्धी प्रारम्भिक जाँचसँगै रोगबारे आवश्यक परामर्श र सचेतना समेत प्रदान गरेको थियो। आफ्नै टोलमा निःशुल्क स्वास्थ्य जाँच पाउँदा स्थानीयवासीहरूले खुशी व्यक्त गर्दै रोटरी क्लबप्रति आभार प्रकट गरेका छन्। धेरै सेवाग्राहीले यस्ता कार्यक्रम नियमित रूपमा हुनुपर्ने आवश्यकता औँल्याएका छन्। कार्यक्रमबारे प्रतिक्रिया दिँदै अध्यक्ष खनालले जन्मदिन केक काटेर खर्च गर्नु भन्दा मानव जीवनको सेवामा लगानी गर्नु नै साँचो खुशी भएको बताए।
“जन्मदिनको वहानामा खानपिन र रमाइलोमा रकम खर्च गर्नु भन्दा स्वास्थ्य, शिक्षा र सेवामूलक काममा लगानी गर्नु नै गर्वको विषय हो,” उनले भने, “आज धेरैको स्वास्थ्य जाँचमा सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ।”
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया