



कपिलवस्तु- १ : अन्तरक्रिया तथा भेटघाटमा केन्द्रित कांग्रेस उम्मेदवार कमाल

कपिलवस्तु || कपिलवस्तु क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले सोमबार मायादेवी गाउँपालिका- ५ बलुहवामा पार्टीका अग्रज नेता–कार्यकर्ता तथा समाजका अभिभावकहरूसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा स्थानीय जनताले भोग्दै आएका समस्या, विकासका आवश्यकता र जनजीवनसँग जोडिएका विविध विषयमा आफ्ना धारणा तथा सुझावहरू राखेका थिए। उम्मेदवार मुसलमानले जनताको आवाज नै आफ्नो प्राथमिकता रहेको बताउँदै जनताले उठाएका हरेक विषयलाई गम्भीर रूपमा सुनेर समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्तरक्रियामा सहभागी समाजका अभिभावकहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सडक पूर्वाधारका विषयमा ध्यान दिन आग्रह गरेका थिए। उनीहरूले क्षेत्रको विकास र समृद्धिका लागि सक्षम र जनमुखी नेतृत्व आवश्यक रहेको धारणा राख्दै कांग्रेस उम्मेदवार मुसलमानलाई समर्थन जनाएका छन्।
उम्मेदवार मुसलमानले स्थानीय जनताको भरोसा र माया नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि गाउँगाउँमा पुगेर जनताको समस्या बुझ्ने र विकासका मुद्दालाई अघि बढाउने बताएका छन्।
कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चुनाव नजिकिएसंगै नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीब्र बनाएको छ ।


खबर सबै
-
कपिलवस्तु क्षेत्र नम्बर-१ : बन्दैछ ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्र, दलगत रणनीति र नयाँको परीक्षा कस्तो होला ?
-
गुल्मीमा पहिलोपटक अङ्गीकृत नागरिकता वितरण
-
प्रेम सप्ताहअन्तर्गत आज टेडी डे: प्रेम र स्नेहको प्रतीक टेडी बियर कसरी सुरु भयो?
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने
-
कपिलवस्तु- १ : अन्तरक्रिया तथा भेटघाटमा केन्द्रित कांग्रेस उम्मेदवार कमाल
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय











प्रतिक्रिया