



कपिलवस्तु -१ : कांग्रेस उम्मेद्धार मुसलमान भन्छन् “काङ्ग्रेस कमजोर छैन”, कमजोर मनस्थिति नबनाउन गरे आह्वान

बाणगङ्गा | कपिलवस्तुको क्षेत्रनम्बर १ का काङ्ग्रेस उम्मेद्वार अत्तहर कमाल मुसलमानले बाणगङ्गाका कुनैपनी वडामा काङ्ग्रेस कमजोर नरहेको बताएका छन ।
चारनम्बरमा बाणगङ्गा नगरको चुनाव प्रचार प्रशार सम्पर्क कार्यालयको उद्द्घाटन समारोहमा बोल्दै उनले कुनैपनी वडामा आफुहरु कमजोर नरहेको भन्दै कमजोर मनस्थिति नबनाउन कार्यकर्तालाई आग्रह गरेका हुन । संविधान सभा सदस्य समेत रहेका मुसलमानले आफु विगतमा पनि जनताको विपक्षमा गएर कुनै कर्म नगरेको भन्दै आफू सधै जनताको पक्षमा रहेको बताए ।
गगन थापा सभापतिमा आइसकेपछि मतदाताको आगनमा पुग्दा काङ्ग्रेस प्रतिको लहर अझ बढ्दो रहेको उनले बताएका छन ।
त्यस्तै उनले चुनाव १०–१५ हजार मत अन्तरले जित्ने दाबी समे गरेका छन । त्यस्तै समानुपातिक उम्मेद्वार बिमला गैरेले देशैभर काङ्ग्रेसको माहोल बढ्दोरहेको भन्दै ढुक्क भएर चुनावी अभियानमा जोडिन आग्रह थियो ।
कार्यालयको उद्घाटन बाणगङ्गा नगरपालिकाका संस्थापक मेयर मङ्गल प्रसाद थारु र महाधिवेशन प्रतिनिधि दुर्गा सेनले संयुक्त रुपमा गरेका थिए । कार्यक्रम काङ्ग्रेस नगर सभापति विष्णु थापाको अध्यक्षता तथा नगर सचिव गोविन्द प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तु क्षेत्र नम्बर-१ : बन्दैछ ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्र, दलगत रणनीति र नयाँको परीक्षा कस्तो होला ?
-
गुल्मीमा पहिलोपटक अङ्गीकृत नागरिकता वितरण
-
प्रेम सप्ताहअन्तर्गत आज टेडी डे: प्रेम र स्नेहको प्रतीक टेडी बियर कसरी सुरु भयो?
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने
-
कपिलवस्तु- १ : अन्तरक्रिया तथा भेटघाटमा केन्द्रित कांग्रेस उम्मेदवार कमाल
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय











प्रतिक्रिया