



कानुनी यात्राबाट राजनीतिक मैदानसम्म उम्मेद्धार आचार्य, कपिलवस्तु–१ : घण्टी बजाउन तयार होलान त मतदाता ?

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहनलाल आचार्यले चुनावी गतिविधि तीव्र बनाएका छन् । उनले “जनतासँग उम्मेदवार” कार्यक्रम सञ्चालन गर्दै घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
घरदैलोका क्रममा आचार्यले भाषणभन्दा व्यवहारमा परिवर्तन देखिनुपर्नेमा जोड दिँदै राजनीतिमा आफू प्रवेश गर्नुको मुख्य उद्देश्य नै सुशासन र जवाफदेही नेतृत्व स्थापना गर्नु रहेको बताएका छन् । “राजनीति नागरिक केन्द्रित हुनुपर्छ, निर्णय प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ,” उनले मतदातासँगको संवादमा बताएका छन् ।
संविधान विज्ञ तथा अधिवक्ताको रूपमा परिचित आचार्यले सार्वजनिक सरोकारका मुद्दा, पारदर्शिता, नागरिक अधिकार र संवैधानिकताको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका छन् । अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका उनी कानुनी क्षेत्रबाट राजनीतिक मैदानमा उत्रिएका हुन् ।
उनले भ्रष्टाचार, कुशासन र कुरीतिविरुद्ध कडा अडान लिँदै पारदर्शी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण सबैको साझा जिम्मेवारी भएको बताएका छन् । “यो केवल नाराको विषय होइन, व्यवहारमा देखिने परिवर्तन आवश्यक छ,” आचार्यले घरदैलोमा अपिल गर्दै भनेका छन् ।
उनको अभियानका क्रममा केही स्थानमा मतदाताले “अबको भोट घण्टीलाई” भन्दै समर्थन व्यक्त गरेको बताइएको छ । विशेषगरी युवावर्ग र नागरिक अभियन्ताहरूबीच उनको उम्मेदवारीलाई लिएर उत्साह देखिएको समर्थकहरूको दाबी छ ।
कानुनी यात्राबाट राजनीतिक मैदानसम्म आइपुगेका आचार्यले “नयाँ संस्कारसहितको राजनीति” आफ्नो मुख्य एजेन्डा भएको उल्लेख गर्दै आएका छन् । अब कपिलवस्तु–१ का मतदाताले घण्टी बजाएर नयाँ विकल्प रोज्ने कि पुरानै राजनीतिक शक्ति दोहोर्याउने भन्ने चासो बढ्दै गएको छ ।
चुनावी माहोल तातिँदै जाँदा कपिलवस्तु–१ मा रास्वपाको उपस्थितिले नयाँ तरंग सिर्जना गरेको छ । आगामी निर्वाचन परिणामले मतदाताको मनोविज्ञान कता झुकेको छ भन्ने स्पष्ट पार्नेछ ।


खबर सबै
-
कपिलवस्तु क्षेत्र नम्बर-१ : बन्दैछ ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्र, दलगत रणनीति र नयाँको परीक्षा कस्तो होला ?
-
गुल्मीमा पहिलोपटक अङ्गीकृत नागरिकता वितरण
-
प्रेम सप्ताहअन्तर्गत आज टेडी डे: प्रेम र स्नेहको प्रतीक टेडी बियर कसरी सुरु भयो?
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने
-
कपिलवस्तु- १ : अन्तरक्रिया तथा भेटघाटमा केन्द्रित कांग्रेस उम्मेदवार कमाल
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय











प्रतिक्रिया