



कपिलवस्तु–२ : पुर्व मन्त्रीहरुलाई आफ्नै विरासत जोगाउन सकस

कपिलवस्तु : कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा दलबाट १७ जना र स्वतन्त्र ११ गरी कुल २८ जनाले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्र आफैमा एउटा यस्तो क्षेत्र हो, जहाँबाट संघीय र प्रदेश सरकारमा राम्रो पकड बनाउन सक्ने स्थान हो । यस क्षेत्रमा नेपाली कांग्रेसबाट पुर्व मन्त्री समेत रहेका नेता सुरेन्द्रराज आचार्य चुनावी मैदानमा छन् । आचार्य नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री पनि हुन । यसै क्षेत्रबाट यसअघि पनि उनै आचार्य निर्वाचित भएका थिए । उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु २ बाट एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दा ३९ हजार १४ मतसहित निर्वाचित भएका थिए । उनै आचार्य यसपटक एमालेका दृर्घनारायण पाण्डेयसँग चुनावी प्रतिश्प्रधामा छन् । एमालेबाट चुनावी मैदानमा होमिएका पाण्ड््ेयको राजनीति एमालेमा कम, कांग्रेसमा बढी रहेको इतिहास छ । उनी राष्ट्रिय सभा सदस्यको उप निर्वाचन २०७८ मा नेपाली कांग्रेसबाट बिजयी भएका थिए भने राष्ट्रिय सभाको कार्यकाल सकिएसँगै एमाले प्रवेश गरेका हुन । हाल उनी एमालेबाट कपिलवस्तु २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्धार छन् । कांग्रेसको समेत भित्री कथा कांग्रेस भएरै भ्यु पाएका दिर्घनारायणले यसपटक सुरेन्द्रराज आचार्यका मत काटेर आफ्नो पक्षमा पार्ने रणनीतिमा देखिन्छन् ।
अर्काे तर्फ आचार्य र पाण्डेय दुबैलाई चुनौति दिन रास्वपाबाट यही क्षेत्रमा पुर्व एसएसपी बिक्रमसिँह थापा चुनावी मैदानमा रहेका छन् । कपिलवस्तुको राजनीति र नेताहरुलाई आफूले सुरक्षासम्यन्त्रको कमाण्ड सम्हाल्दै बुझेका थापा पनि नेपाली कांग्रेस पृष्ठभुमिका नेता हुन । रास्वपाबाट टिकट लिएर जिल्ला फर्किनुभन्दा एक साता अघि मात्रै नेपाली कांग्रेसको महाधिवेशनमा पनि उनी पुगेका थिए । कांग्रेसबाट टिकट नपाएपछि तत्काल रास्वपा प्रवेश गरेका थापाको पक्षमा यसपटक रास्वपाको फरक दबदबा दखिएको छ । रास्वपाले यो क्षेत्रबाट गत निर्वाचनमा समानुपातिक तर्फ ४ हजार २९९ मत ल्याएको थियो । जबकी प्रत्यक्ष तर्फ रास्वपा उम्मेद्धारविहिन थियो । तर पनि मतदाताले रास्वपा खोजिरहेको यो मतपरिणामले देखाउँछ ।
२०७९ मा एमालेबाट ३८ हजार ६९७ मत ल्याएर उप विजेता बनेका वृजेश कुमार गुप्त यसपटक एमालेमा छैनन् । उनी तारा चुनाव चिन्ह लिएर नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी मैदानमा छन् । उनी यसै क्षेत्रबाट निर्वाचित भएका पुर्व संघीय मन्त्री समेत हुन । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्त अहिले नेकपाबाट चुनाव लड्दै छन् । यसकारण उनले एमालेभित्रको दिर्घनारायण पाण्डेयले पाउने मत आफ्नो पक्षमा पार्ने दाउमा छन् । एमालेबाट टिकट नपाएपछि नेकपामा प्रवेश गरेका गुप्तको पनि चुनावी इतिहास उतारचढावपूर्ण छ । गुप्ता ईन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा लागेका थिए । सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुईपटक एमालेबाट सांसद जितेका थिए । पाँचौ पटक २०७९ को चुनावमा भने कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए । गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका नेता हुन ।
यसरी हेर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नंम्बर २ निर्वाचनको रणनैतिक भुमि बन्ने पक्का छ । यहाँबाट निर्वाचन जितेर गएका र पटक पटक संघीय मन्त्री समेत बनिसकेका नेताहरु चुनावी मैदानमा यसपटक आफ्नै पुरानो विरासत जोगाउने सकसमा छन भने वैकल्पिक शक्ति भनिएको रास्वपाबाट बिक्रमसिँह थापाले पुरानाको विरासत भत्काउने र यहाँ आफ्नो नयाँ किल्ला स्थापित गर्ने सूरुमा देखिन्छन । अर्को तर्फ गत निर्वाचनमा कांग्रेसका सुरेन्द्रराज आचार्यसँगको झिनो मतको हारको बदला लिने ध्याउन्नमा नेकपा रोजेका वृजेश कुमार गुप्त पनि उही लयका साथ चुनावी मैदानमा छन् । त्यसैले कपिलवस्तु २ को चुनवी भिडन्त यसपटक तीन पुराना नेताहरुबीच बढी हुने निश्चित छ भने तीनै जनालाई चुनौती दिने रास्वपाको तयारी छ ।
https://youtu.be/HZY4LwJSjmM?si=L_gUe9UZzyNBVH8R


खबर सबै
-
कपिलवस्तु क्षेत्र नम्बर-१ : बन्दैछ ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्र, दलगत रणनीति र नयाँको परीक्षा कस्तो होला ?
-
गुल्मीमा पहिलोपटक अङ्गीकृत नागरिकता वितरण
-
प्रेम सप्ताहअन्तर्गत आज टेडी डे: प्रेम र स्नेहको प्रतीक टेडी बियर कसरी सुरु भयो?
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने
-
कपिलवस्तु- १ : अन्तरक्रिया तथा भेटघाटमा केन्द्रित कांग्रेस उम्मेदवार कमाल
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय











प्रतिक्रिया