



क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ ।
यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ठगीको शिकार हुन सक्ने जोखिम उच्च रहेको छ ।
केन्द्रीय बैंकले स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको हो । राष्ट्र बैंकले क्यूआर भुक्तानी स्वीकार गर्दा मोबाइल बैंकिङ एप, एसएमएस वा बैंकबाट प्राप्त नोटिफिकेशनमार्फत खातामा रकम वास्तवमै जम्मा भएको हो कि होइन भन्ने पुष्टि गर्नुपर्ने अनिवार्य रहेको जनाएको छ ।
भुक्तानी प्राप्त भएको यकिन नगरी कारोबार गर्दा ठूलो आर्थिक नोक्सानी हुन सक्ने जोखिम समेत औंल्याइएको छ ।
केन्द्रीय बैंकले सबै विक्रेता तथा सेवा प्रदायकलाई क्यूआर भुक्तानीका क्रममा उच्च सतर्कता अपनाउन र सुरक्षित भुक्तानी प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ ।


खबर सबै
-
कपिलवस्तु क्षेत्र नम्बर-१ : बन्दैछ ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्र, दलगत रणनीति र नयाँको परीक्षा कस्तो होला ?
-
गुल्मीमा पहिलोपटक अङ्गीकृत नागरिकता वितरण
-
प्रेम सप्ताहअन्तर्गत आज टेडी डे: प्रेम र स्नेहको प्रतीक टेडी बियर कसरी सुरु भयो?
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने
-
कपिलवस्तु- १ : अन्तरक्रिया तथा भेटघाटमा केन्द्रित कांग्रेस उम्मेदवार कमाल
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय











प्रतिक्रिया