

कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग


कपिलवस्तु | जिल्ला प्रशासन कार्यालयबाट ६ महिनामा ७ जनाले नेपाली नागरिकता परित्याग गरेका छन । चालु आर्थिक वर्ष २०८२-०८३ को साउनदेखि पुस मसान्तसम्म जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आवश्यक प्रक्रिया पूरा गरी नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट २०८१ साउनसम्म भने ४० जनाले नेपाली नागरिकता त्यागेका थिए । त्यागेका मध्ये ३ जना भारत जाने र बाँकी गैरआवासिक नागरिक रहेको गौतमका भनाइ छ ।
२०७० कार्तिकदेखि प्रशासन कार्यालयमा नागरिकता त्यागको अभिलेख राखिएको छ । भारतमा व्यवसाय गर्न, बिवाह गर्न, जमिन किन्न, नोकरी गर्न घरजग्गाा किन्न, स्थायी बसोबास गर्न र निर्वाचनमा उम्मेदवार हुन, भारतमा मावलीबाट सम्पत्ति प्राप्त गर्न भन्दै नागकिरता परितयाग गर्ने गरिएको छ । भारतमा नागरिक भएर बस्न चाहेको र भारतमा बिवाह भएको छोरीसँग बस्न चाहेको भन्दै समेत नागरिकता त्याग गरेका छन् । भारतमा माईती भएको र माईती मै जग्गा जमिन प्राप्त भएका, भारतमा बिवाह भएको र भारतमै बस्न चाहने भएकाले समेत नागकिरता त्याग गरेका छन् ।
यस्तै अमेरिकन नागरिकता प्राप्त गर्र्न लागतयका कारणसहित नागकिरता त्याग गरेको प्रशासन कार्यालयले जनाएको छ । नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता त्याग गर्नेहरुले नामथर, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति र स्थान, हालको बसोबासको ठाउँ, नेपालमा बसोबासको ठाउँ, नेपाल नागरिकता त्याग गर्नुपर्ने कारण र परिवारका सदस्यमध्ये नेपाली नागरिकता भइ बस्नेहरुको नाम उल्लेख गरी निवेदन दिनुपर्ने प्रावधान छ ।
कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनुपर्ने व्यवस्था रहेको छ ।
उपनियम (१) बमोजिम विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनु पर्ने व्यवस्था रहेको छ । उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्ने हुन्छ।उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची–१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ ।
नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा नेपाल नागरिकता ऐन २०६३ दफा ११ बमोजिम विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने हुन्छ।उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची–१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिइ नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिने ऐनमा व्यवस्था रहेको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया