

मतियार चुपचाप, भरिया १०२ बोरा मल सहित पक्राउ


अर्घाखाँचीको सहकारीको बिलमा कपिलवस्तुमा मल कालोबजारी, १ लाख ६६ हजार बराबरको मल बरामद
कपिलवस्तु नगरपालिका–१० पचेहरा स्थित मनोज किराना पसलमा अवैध रूपमा मल भण्डारण गरी कालोबजारी गर्ने उद्देश्यले राखिएको ठूलो परिमाणको मल प्रहरीले बरामद गरेको छ । स्रोतका अनुसार उक्त मल कपिलवस्तुको शुद्धोदन गाउँपालिका २ निवासी प्रेमचन्द्र यादवको हो । प्रहरीले भरियालाई प्रहरीले पक्राउ गरेको छ ।
दिउँसो २ बजेको समयमा प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षक सुवास खतिवडाको कमाण्डमा ९ जना तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी सहायक निरीक्षक विनोद रानाको कमाण्डमा ११ जना गरी जम्मा २० जनाको संयुक्त प्रहरी टोली खटिएर कानुन बमोजिम रीतपूर्वक खानतलासी गरि १०२ बोरा मल बरामद गरेको हो ।
खानतलासीका क्रममा पसल सञ्चालकको घरबाट ५० के.जी.का ४० बोरा युरिया मल र ५० के.जी.का ६२ बोरा डिएपी मल गरी जम्मा १०२ बोरा मल फेला परेको प्रहरीले जनाएको छ ।
बरामद मल अर्घाखाँची जिल्लाको फुलबारी साना किसान कृषि सहकारी संस्था को नाममा काटिएको बिल भएको देखिए पनि उक्त मल पचेहरामै भण्डारण गरी कालोबजारीमा बिक्री गर्ने उद्देश्यले राखिएको पाइएको छ ।

प्रहरीका अनुसार बरामद डिएपी मल ६२ बोरा प्रति बोरा मूल्य रु. २,२०० का दरले जम्मा रु. १,३६,४०० र युरिया मल ४० बोरा प्रति बोरा मूल्य रु. ७५५ का दरले जम्मा रु. ३०,२०० गरी कुल रु. १,६६,६०० बराबरको रहेको छ ।
स्थानीय स्रोतका अनुसार प्रेमचन्द्र यादव अन्य सहकारीहरूको नाममा कृषि सामाग्री केन्द्रको सेटिङमा निकासा गरी महँगो मूल्यमा बिक्री गर्दै आएका व्यक्ति हुन् ।
यादव यसअघि पनि मलको कालोबजारीमा पक्राउ परि धरौटीमा छुटेका व्यक्ति भएको खुलेको छ ।
पटकपटक मल बरामद भए पनि मुख्य कारोबारी भने प्रहरी कारबाहीबाट जोगिँदै भाग्दै हुँदै आएको भन्दै स्थानीयस्तरमा गम्भीर प्रश्न उठ्न थालेको छ ।
प्रहरीले बरामद मल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ । नाम जोडिएको प्रेमचन्द्र यादवको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया