

गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको ठुलो परिमाणको केराउ बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल भित्राइएको २० लाख रुपैयाँ बढीको मटर (केराउ) प्रहरीले नेपालगन्जबाट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका (१ गुलरिया बसपार्क नजिक रहेको मुस्कान ट्रेर्डसमा छापा मारेर ११ सय ३० बोरा अवैध केराउसहित टे«डर्सका सन्चालक मुबारक अहमद कबडियालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली गरेर ल्याएको अवस्थामा गोदाममा भण्डारण गरिएको २० लाख ३४ हजार रुपैयाँ बराबरको ३३ हजार ९ सय किलो केराउ बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बिहीबार साँझ बरामद गरिएको उक्त परिमाणको अवैध केराउ र सन्चालक मुबारकलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया