

भुमिकास्थानको नयाँ कदम, विद्यालयमा बुक फ्री फ्राइडे : विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव





अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुमा सातामा एक दिन बुक फ्रि अर्थात किताब बिनाको सिकाई कार्यक्रम संचालन गर्याे । जसले अहिले यहाँका विद्यालयहरुको शैक्षिक वातावरण नै बदलिएको पाइएको छ ।
पालिकाले यसरी सञ्चालनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरबाट पनि व्यवहारिक सिकाइ अनुभव दिलाउने लक्ष्यका साथ सुरु गरिएको यो अभियान अहिले नगरका विद्यालयहरूमा सकारात्मक परिवर्तनको आधार बनेको हो ।
नगरपालिकाले प्रत्येक शुक्रबार कक्षकोठामा पायपुस्तक बिना सृजनात्मक, व्यवहारिक र सीपमूलक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरेको छ। यसले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, अभिव्यक्ति कौशल र सामाजिक ज्ञान बढाउन ठूलो भूमिका खेलेको विद्यालयहरूले बताएका छन्।
यो कार्यक्रम हाल नगरपालिका भित्रका ४० वटा विद्यालयमा कार्यान्वयनमा रहेको नगर प्रमुख झविलाल थापाले बताए । भुमिकास्थान नगरपालिका भित्र ३ संस्थागत र ६० सामुदायिक गरी ६३ विद्यालय रहेका छन् । नगरपालिकाले बालबालिकामा किताबी ज्ञान मात्रै नभई व्यवहारिक र सीपमुलक ज्ञान पनि दिने उद्देश्यका साथ यो कार्यक्रम लागु गरेको उनले बताए । किताबले ज्ञान दिन्छ, सिपले व्यवहार सिकउँछ, त्यसैले हामीले यो कार्यक्रम सुरु गरेका हौँ, अहिले राम्रो प्रभाव परेको छ, उनले भने । अब केहि समयमै बुक फ्रि फ्राइडे कार्यक्रमलाई नगरपालिकाबाट कार्यविधि नै बनाएर कार्यान्वयनमा लैजाने तयारी पनि भैरहेको उनले जानकारी दिए ।
विद्यार्थीहरुले हरेक शुक्रबार विद्यलायमा सामूहिक रुपमा व्यवहारिक सिप आर्जन हुने खालका टमाटर तथा अन्य तरकारी खेतीहरु, सालको पातबाट दुना टपरी खुट्ने, परिवेश अनुकुलका गतिविधिमा केन्द्रित कार्यक्रममा आफ्नो समय बिताउँदै विभिन्न कार्यहरु गर्दै आइरहेका छन् ।
भुमिकास्थान नगरपालिका स्थित विश्व माध्यमिक विद्यालय ढाकावाङ्गका शिक्षक जुमलाल खनालका अनुसार बुक फ्री फ्राइडेले विद्यार्थीलाई पाठ्यपुस्तक केन्द्रित शिक्षाबाट बाहिर निकालेर जीवन उपयोगी सीप, वादविवाद, खेलकुद, कला, वातावरणीय सिकाइ, सामुदायिक अध्ययन, समूहगत कार्य जस्ता अभ्यासमा जोड दिएको छ। “यो कार्यक्रमपछि विद्यार्थीमा कक्षा सक्रियता, आत्मनिर्भर र उत्साहित बनेका छन्,” शिक्षक खनालले बताए।
भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार विद्यार्थीहरुलाई किताब मात्र होइन, अनुभवबाट पनि सिक्न सकिन्छ भन्ने धारणा स्थापित गर्न यो अभियान सुरु गरिएको हो। अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनको सहकार्यले कार्यक्रम अझै प्रभावकारी बन्दै गएको छ।
यसैबीच, नगरपालिकाले आगामी दिनमा बुक फ्री फ्राइडेअन्तर्गत नयाँ गतिविधि, सीपविकास तालिम, स्थानीय संसाधनको उपयोग तथा सामुदायिक सहभागिता थप विस्तार गर्ने नगरप्रमुख थापाले बताए।
स्थानीय अभिभावकहरूका अनुसार यो पहलले बच्चाहरूमा सामाजिक व्यवहार, समुह कार्य, संस्कार र अनुशासन जस्ता पक्षमा उल्लेख्य सुधार देखिएको बताउँछन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया