

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम


बाणगंगा, कपिलवस्तु ।
बाणगंगा नगरपालिका–३, गंगोलियामा अवस्थित लुम्बिनी भिजन कलेजले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत BBS प्रथम वर्षको हालै प्रकाशित नतिजामा जिल्ला प्रथम सहित उत्कृष्ट सफलता हासिल गरेको छ।
गत साउनमा सम्पन्न बोर्ड परीक्षामा क्याम्पसका लगनशील, मेधावी तथा प्रतिभाशाली विद्यार्थी समृद्ध ज्ञवाली ६८.५% प्राप्ताङ्क हासिल गर्दै कपिलवस्तु जिल्लामा प्रथम बन्न सफल भएका छन्। क्याम्पसले यसलाई विद्यार्थीको कडा मेहनत, समर्पण र प्रभावकारी शैक्षिक मार्गदर्शनको उपलब्धि मानेको छ।

क्याम्पस प्रमुख सुन्दर पाण्डेका अनुसार निरन्तर उत्कृष्ट नतिजा दिनुको पछाडि क्याम्पसमा उपलब्ध व्यवस्थित भौतिक पूर्वाधार, नविनतम शैक्षणिक अभ्यास, अनुभवी शिक्षक टोली, तथा उच्च गुणस्तरको शैक्षिक वातावरण मुख्य आधार हुन्।
यसै क्रममा, कलेजका सीइओ कृष्ण केसीले राष्ट्रिय स्तरमा व्यवस्थापन क्षेत्रमा आवश्यक गुणस्तरीय मानवीय स्रोत उत्पादनका लागि अहिले सञ्चालित शैक्षिक सेवाका कार्यक्रमहरूलाई थप नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्दै लैजाने जानकारी गराए। उनका अनुसार कलेज आधुनिक शिक्षा पद्धति र प्रतिस्पर्धी दक्षता अभिवृद्धिमा केन्द्रित हुँदै अघि बढिरहेको छ।
यस्तै, कलेजका प्रबन्ध निर्देशक युवराज पोखरेलले आधुनिक पूर्वाधार विकासका साथसाथै समाजको गुणस्तरीय शिक्षाप्रतिको अपेक्षालाई सार्थक बनाउन कलेजको व्यवस्थापन समिति निरन्तर अभिप्रेरित हुँदै आवश्यक आर्थिक लगानी प्रवर्द्धनमा उत्साहित रहेको जानकारी दिनुभयो। उनका अनुसार कलेजलाई सशक्त शैक्षिक केन्द्रका रूपमा उकास्न आवश्यक सम्पूर्ण स्रोत–साधन सुदृढीकरणमा ध्यान दिइएको छ।
लुम्बिनी भिजन कलेजको यस उपलब्धिले क्याम्पसलाई जिल्लामा मात्र होइन, प्रदेशभित्र नै एक अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित गराउन योगदान पुर्याएको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया