एनपीएलमा आज : लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दै

नेपाल प्रिमियर लिग अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ ।

जारी प्रतियोगितामा काठमाडौं गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

प्रतिक्रिया

खबर सबै