



नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा १०औँ पटक मुख्यमन्त्री बन्दै नीतीश कुमार, बढारियो विपक्षी गठबन्धन

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा भएको विधानसभा चुनावमा सत्तारुढ गठबन्धनले दुईतिहाइ बहुमत पाएको छ ।
भारतीय जनता पार्टी (BJP) र जनता दल युनाइटेड (JDU) लगायत दलको सत्तारुढ नेसनल डेमेक्रेटिक एलायन्स (NDA) ले प्रचण्ड बहुमत पाएसँगै JDU का नेता हालका मुख्यमन्त्री नीतीश कुमार १०औँ पटक मुख्यमन्त्री बन्ने निश्चित भएको छ । सन् २००५ मा पहिलोपटक मुख्यमन्त्री बनेका नीतीशकुमार त्यसयता निरन्तर पदमा छन् ।
बिहार विधानसभा चुनाव नोभेम्बर ६ र ११ मा दुई चरणमा सम्पन्न भएको थियो । शुक्रबार भएको मतगणनाअनुसार NDA ले २४३ सदस्यीय विधानसभामा २०२ सिट जितेको छ । यो गठबन्धनमा BJP ले ८९ र JDU ले ८५ सिट जितेका छन् ।
एनडीएको हिस्सा चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) ले १९ सिट जितेको छ । जितनराम मांझीको हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले पाँच सिट जितेको छ । उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले चार सिट जितेको छ ।
राष्ट्रिय जनता दल (RJD) र कांग्रेस आईलगायत दलको विपक्षी महागठबन्धन बढारिएको छ । महानगठबन्धनले ३५ सिट जितेको छ । जसमा RJD ले २५ र कांग्रेसले मात्र ६ सिट जितेका छन् ।
महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस, विकासशील इन्सान पार्टी र तीन वामपन्थी दलहरू: सीपीआई, सीपीएम, र सीपीआई (एमएल) समावेश छन् भने एनडीएमा भाजपा, जेडीयू, लोक जनशक्ति पार्टी (राम विलास), राष्ट्रिय लोक मोर्चा र हिन्दुस्तानी अवम मोर्चा (धर्मनिरपेक्ष) समावेश छन् ।
पछिल्ला तीन चुनावलाई हेर्दा
पछिल्ला तीन चुनावमा मुख्यतया एनडीए र महागठबन्धनबीच नै प्रतिस्पर्धा भएको छ । सन् २०२० को विधानसभा चुनावमा एनडीए र महागठबन्धनबीच कडा प्रतिस्पर्धा भएको थियो ।
२४३ सदस्यीय विधानसभामा एनडीएले १२५ सिट जित्यो । भाजपाले सबैभन्दा धेरै ७४ सिट जित्यो । जेडीयूले ४३ सिट जित्यो, जबकि वीआईपी र एचएएमले चार-चार सिट जिते ।
महागठबन्धनले राज्यमा ११० सिट जित्यो । आरजेडी ७५ सिट जितेर राज्यको सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले १९ सिट जितेको थियो भने वामपन्थी दलहरूले १६ सिट जितेका थिए । यीमध्ये १२ सिट सीपीआई(एमएल), दुई-दुई सिट सीपीआई र सीपीआई(एम) ले जितेका थिए ।
अन्य दलहरूमध्ये एआईएमआईएमले पाँच सिट जितेको थियो जबकि बसपा, लोजपा र स्वतन्त्रहरूले एक-एक सिट जितेका थिए ।
सन् २०१५ को राज्य विधानसभा चुनावमा महागठबन्धनमा मुख्यमन्त्री नीतीश कुमारको पार्टी समावेश भएको थियो । JDU बाहेक, RJD र कांग्रेसले मिलेर चुनाव लडे । NDA मा BJP, LJP, जितन राम माझीको HAM, र उपेन्द्र कुशवाहाको RLSP समावेश थियो ।
महागठबन्धनले १७८ सिट जित्यो भने NDA ले ५८ मा चित्त बुझाउनुपर्यो । वामपन्थी दलहरूले तीन सिट जिते । पार्टीगत तथ्याङ्क हेर्दा RJD ले सबैभन्दा धेरै सिट जित्यो, ८० । JDU ले ७१ र कांग्रेसले २७ जित्यो ।
NDA मा भाजपाले सबैभन्दा धेरै सिट जित्यो, ५३ । LJP र RLSP ले दुई-दुई र HAM ले एक सिट जित्यो । वामपन्थी दलहरूमध्ये, CPI(ML) ले तीनवटै सिट जिते । बाँकी चार सिटमा स्वतन्त्र उम्मेदवारहरू जित्न सफल भए ।
यस्तै, सन् २००८ को सीमांकनपछि सन् २०१० मा पहिलोपटक यहाँ चुनाव भएको थियो । यस चुनावमा एनडीएले भारी जित हासिल गरेको थियो ।
जेडीयू र भाजपाले मिलेर चुनाव लडे, जबकि आरजेडी र एलजेपी पनि गठबन्धनमा थिए । कांग्रेसले सबै २४३ सिटमा उम्मेदवार खडा गर्यो । यस चुनावमा एनडीएले २४३ सिटमध्ये २०६ सिट जित्यो ।
आरजेडी-एलजेपी गठबन्धनले २५ मात्र जित्यो, जबकि कांग्रेसले चारमा चित्त बुझाउनु पर्यो । बाँकी सात सिटमध्ये छ स्वतन्त्रहरूले जिते । चकाई सिटमा झामुमोका सुमित कुमार सिंहले जिते ।
पार्टीको हिसाबले एनडीएका २०६ सिटमध्ये ११५ जेडीयू र ९१ भाजपाले जिते । आरजेडीले २२ सिट जित्यो, र एलजेपीले तीन सिट जित्यो ।


खबर सबै
-
कपिलवस्तु क्षेत्र नम्बर-१ : बन्दैछ ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्र, दलगत रणनीति र नयाँको परीक्षा कस्तो होला ?
-
गुल्मीमा पहिलोपटक अङ्गीकृत नागरिकता वितरण
-
प्रेम सप्ताहअन्तर्गत आज टेडी डे: प्रेम र स्नेहको प्रतीक टेडी बियर कसरी सुरु भयो?
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा
-
४४ जिल्लाको एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
-
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
-
पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने
-
कपिलवस्तु- १ : अन्तरक्रिया तथा भेटघाटमा केन्द्रित कांग्रेस उम्मेदवार कमाल
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय











प्रतिक्रिया