

कपिलस्तुका ५ यातायात प्रालिको आन्दोलनपछि मेयर पौडेलको प्रतिबद्धता, कार्यविधि बनाएर समस्या समाधान गर्ने घोषणा


कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कार्यविधि बनाएर टेम्पोको व्यवस्थापन गरिने बताएका छन्। पटक पटक ध्यानकर्षण गराउँदासमेत कुनै सुनुवाई नभएको भन्दै कपिलस्तुका ५ यातायात प्रालिले आइतबार बिहानदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि तौलिहवास्थित बसपार्कमा पुगेर मेयर पौडेले सो कुरा बताएका हुन्।
मेयर पौडेलले ५ वटै यातायात प्रालिका प्रतिनिधि र टेम्पो व्यवसायीसँग सामुहिक छलफल गरी कार्तिक २५ गते भित्र निकास निकाल्ने समेत बताए । नयाँ सिडियोसँग समेत छलफल गरिने उनले बताए । शिवराज, बुद्धभूमि र बाणगंगा नगरपालिकाले टेम्पो व्यवस्थापनका लागि बनाएको कार्यविधि मगाएर अध्यनन समेत गरिने र व्यवसायीसँग छलफल गरी कार्यविधि बनाईने बताए । उनले कार्यविधिको पालिकामा ड्राफ्ट समेत तयार भई सकेको समेत बताए ।
‘टेम्पो व्यवस्थापनका लागि अब ढिलाई गर्दैनौ, चाडै निकास दिन्छौ’ उनले भने । कुराकानी कै क्रममा बसपार्क जीर्ण र फोहर भएको भन्ने यातायात व्यवसायीले गुनासो गरेपछि मेयर पौडेलले बसपार्क व्यवस्थित बनाउन यसवर्ष १० लाख बजेट विनियोजन गरिएको बताए । सबै मिलेर बसपार्कलाई ब्यवस्थित बनाउनु पर्ने उनले बताए । मेयर पौडेलको प्रतिबद्धतासँगै यातायात व्यवसायीले बन्दसहितका आफ्ना सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
चार दिनअघि टेम्पो व्यवस्थापनको माग गर्दै कपिलवस्तु, पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिले तत्कालीन प्रजिअ दिलकुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेललाई ज्ञापन पत्र बुझाएका थिए । जथाभावी टेम्पो चलाईदा आफुहरुको रोजरुराटीमा समस्या परेको यातायात व्यवसायीको गुनासो छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया