
दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि व्यवसायीहरुले आन्दोलन गर्दै

बुटवल | रुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी व्यवसायीहरुले आजदेखि आन्दोलनको सुरुवात गर्दैछन् । सरकारले आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महशुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरुले आन्दोलित बनेका हुन् ।
उद्योगहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत आज धर्नामा बस्ने जानकारी दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले आज बिहान ११ देखि १२ बजेसम्म नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए । अन्य कार्यक्रमपछि पछि सार्वजनिक गरिने उनले जानकारी दिए । माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै जाने उद्योगीहरुले बताएका छन् । अध्यक्ष आचार्यका अनुसार रुपन्देहीमा १३ वटा उद्योगमा विद्युत लाइन काटिएको छ । टाइन काटिएसँग ति उद्योगहरु बन्द हुँदा २४ हजार बढीको रोजगार समेत संकटमा परेको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया