
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प

बुटवल । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन महसुल विवादमा रहेका रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटेको छ। बुटवल–भैरहवा औद्योगिक करिडोरका ती उद्योगमा शुक्रवार साँझदेखि विद्युत् आपूर्ति काटिएपछि उत्पादन ठप्प भएको उद्योगीहरूले जनाएका छन्।
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयन्का फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटेको उद्योगीहरूको दाबी छ।
एसआर उद्योगका सञ्चालक सुमन भुसालले रातोपाटीसँग कुरा गर्दै आफूहरूले ट्रंकलाइन माग गरे पनि प्रयोग नगरेको अवस्थामा ‘जबरजस्ती’ लाइन काटिएको बताए। उनले निजी क्षेत्रलाई तहसनहस बनाउने उद्देश्यले यस्तो काम भएको आरोप लगाएका छन्।
उद्योगीहरूले ट्रंकलाइनबाट विद्युत् खपत गर्ने सम्बन्धमा कुनै माग र प्रयोग नै नगरेको, प्राधिकरणसँग कुनै सहमति वा सम्झौता पनि नभएकोले बक्यौता बुझाउन नसक्ने अडान राखेका छन्। उनीहरूको भनाइ छ, चार वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएको अवस्थामा ४ वर्षपछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउँदा आफूहरू अन्यायमा परेका छन्।
उद्योगीहरूले न्यायको लागि बक्यौता पुनरावलोकन समितिमा निवेदन दिएका थिए। तर, असोजमा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सो समिति बदर गरिदिएको थियो। समिति बदर भएपछि न्यायको ढोका बन्द भएको भन्दै उद्योगीहरूले ट्रंकलाइन महसुल तिर्न नसक्ने र बरु उद्योग बन्द गर्ने जानकारीसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएका थिए।
उद्योगी भुसालले आफूहरू न्यायका लागि प्रधानमन्त्रीकहाँ जाँदा ‘अन्यायमा पर्नु भयो’ भन्नुहुन्छ, तर ‘प्रयोग नगरेको विद्युत्को पैसा नदिनुहोस्’ भन्नुहुन्न भन्दै आक्रोश व्यक्त गरे।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया