

विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै



काठमाडौं | इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज ९मङ्गलबार० राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० सागर बोहराले जानकारी दिएका छन्।
डीएसपी बोहराका अनुसार, जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।
इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए।
जोशीको शव सोमबार मात्रै इजरायलबाट नेपाल ल्याइएको थियो। नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली र नेपाली सेनाले स्काई ट्रकमा काठमाडौंबाट शव धनगढी विमानस्थलमा पुर्याई सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया