



नेसपा (नयाँ शक्ति) बाट आधादर्जन नेताहरुको सामूहिक राजीनामा घोषणा

कपिलवस्तु । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रिय नेताहरुबाट सामूहिक राजीनामासम्मको रूप लिएको छ । पार्टीका केन्द्रीय पदाधिकारी, आयोग प्रमुख र केन्द्रीय सदस्यहरुले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यतासमेत परित्याग गर्ने घोषणा गरेका हुन ।
यसअघि भाद्र २९ गते पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी समितिको बैठकमा नेताहरुले फरक धारणा पेश गरेका थिए । तर, ती विषयमा कुनै पनि छलफल नगरी आफूहरुलाई पदमुक्त गरिएको भन्दै नेताहरुले असन्तुष्टि प्रकट गरेका हुन् ।
राजीनामा दिने नेताहरुले विज्ञप्तिमा भनेका छन्, “हामीले विगत लामो समयदेखि पार्टीको भविष्यबारे फरक मत राख्दै आएका थियौं । तर, त्यो मतलाई संस्थागत छलफलमा लैजानुको सट्टा नेतृत्वले अलोकतान्त्रिक शैलीमा पदमुक्त गर्ने निर्णय गर्यो । यो शैली स्टालिनकालीन पद्धतिसँग मेल खान्छ ।”
उनीहरुले आन्तरिक असहमतिको समाधान छलफलमार्फत खोज्ने प्रचलनलाई तोडेर पार्टीले लोकतान्त्रिक संस्कारमै आघात पुर्याएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ कि, तत्कालीन नयाँ शक्ति पार्टी नेपालको गठन नै परम्परागत राजनीतिक दलहरुको असफलताप्रति प्रतिक्रिया स्वरूप भएको हो । तर, दश वर्षको राजनीतिक यात्रापछि लाखौं समर्थकसहित सुरुवात गरेको पार्टी आज सयौं कार्यकर्तामै सीमित हुनु यसको असफलताको प्रमाण भएको उनीहरुको तर्क छ ।
साथै, उनीहरुले पार्टी अध्यक्षलाई तत्काल राजीनामा दिनुपर्ने र पार्टीलाई नै विघटन गरेर वैकल्पिक राजनीतिक धाराहरुको ध्रुवीकरण गर्नुपर्ने माग विगत चार वर्षदेखि गर्दै आएको खुलासा गरेका छन् । तर, नेतृत्वले यसबारे कुनै ठोस छलफल नगरी उल्टै प्रस्तावकहरुलाई पदमुक्त गरेको आरोप लगाइएको छ ।
असोज ८ गते बसेको विस्तारित केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेको निर्णयलाई भने नेताहरुले सकारात्मक मानेका छन् । तर, विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई विघटन नगरी वैकल्पिक शक्तिहरु र नयाँ पुस्ता (जेन–जी) सँग ध्रुवीकरण र एकता सम्भव छैन । त्यसैले हामी साधारण सदस्यताबाट समेत राजीनामा दिन्छौं ।”
उनीहरुले निकट भविष्यमा नयाँ वैकल्पिक राजनीतिक शक्ति र जेनजी समुह सँग सघन सम्वाद गरि एउटा बृहत नयाँ राष्ट्रिय राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुने उल्लेख गरेका छन् ।
सामूहिक राजीनामा दिने नेताहरुमा –
विष्णुहरि शर्मा – अध्यक्ष, केन्द्रीय पुनरावेदन विभाग
मोती रिजाल – अध्यक्ष, सदाचार तथा अनुशासन आयोग
भरत दहाल – सचिव, केन्द्रीय समिति
हरि रिजाल – कोषाध्यक्ष, केन्द्रीय समिति
कमल खनाल – केन्द्रीय सदस्य
नारायण खनाल – केन्द्रीय सदस्य
कृष्ण गौतम – केन्द्रीय सदस्य
यी नेताहरु लामो समयदेखि नयाँ शक्ति आन्दोलनसँगै रहेर डा. भट्टराईको राजनीतिक यात्रामा सहयात्री बनेका व्यक्ति हुन् । राजीनामा दिने नेताहरुले आफूहरु निकट भविष्यमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमै रहने स्पष्ट संकेत गरेका छन् ।
केहि दिन अघि मात्रै नेसपा( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षबाट पद त्यागको घोषणा गरेका थिए ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया