

जेनजी सहिदहरु प्रति लायन्स कपिलवस्तुद्वारा मैन प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण


कपिलवस्तु । लायन्स क्लब अफ कपिलवस्तुले हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कपिलवस्तुमा शोक कार्यक्रम आयोजना गरेको छ ।
कपिलवस्तुको चार नम्बर जितपुर चाेकमा साँझपख आयोजित कार्यक्रममा दिवङ्गतहरूको सम्झनामा मैनबत्ती प्रज्वलन गरी शोक व्यक्त गरिएको हाे । कार्यक्रममा लायन्स क्लबका सदस्यहरू, पदाधिकारीहरू तथा अन्य सम्बद्व संस्थाहरुकाे उपस्थिती रहेको थियो ।
जेनजी वीर शहीदहरू अमर रहून्” भन्ने नारासहित कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शहीदहरूले देखाएको साहस, दृढता र बलिदानी भावनाले सत्य, न्याय र स्वतन्त्रताको बाटोमा अघि बढ्न प्रेरणा दिएको उल्लेख गरिएकाे थियाे ।
लायन्स क्लबले शहीद आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनलाई धैर्य, साहस र दृढताको शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेको छ ।
कार्यक्रम लायन्स ईन्टरनेशनल ३२५पि अन्तर्गत जोन २२ का जाेन चियरपर्सन ओम प्रकाश घिमिरेको अगुवाईमा जाेन २२भित्रका सम्पुर्ण क्लवको आयोजनामा सम्पन्न भएकाे हाे। जसमा लायन्स इन्टरनेसनल ३२५ पि का सिनियर डिस्ट्रिक्ट एडभाइजर लायन धातानन्द भुसाल, लायन्स क्लब अफ कपिलबस्तुका अध्यक्ष लायन नारायण पौडेल, लायन्स क्लब अफ कपिलबस्तु स्टारका अध्यक्ष लायन सागर पाेख्रेल, लायन्स क्लब अफ कपिलबस्तु दिदीबहिनीका अध्यक्ष लायन सरस्वती सोमै, लायन्स क्लब अफ कृष्णनगरका अध्यक्ष लायन सन्तोष गैरे, नवदत्त घिमिरे, सन्दिप भट्टराई, युवराज घिमिरे, युवराज पन्थ, भुवन पौडेल, रामचन्द्र पाण्डे, रमेश पौडेल लगायत स्थानिय भद्र भलादमीको उपस्थितिमा सम्पन्न कार्यक्रम लायन्स क्लब अफ कपिलबस्तुका उपाध्यक्ष लायन शान्तराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।



खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया