

ओलीबिरुद्व जाहेरी दर्ता भएको छैन : कपिलवस्तु प्रशासन



कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जाहेरी दर्ता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्टीकरण दिएको छ ।
प्रशासनले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रसाद शाहले ओलीविरुद्ध कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जाहेरी दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शाहले ‘ज्ञापनपत्र बुझाउन छ’ भनी पत्र पेस गर्नुभएको थियो तर सो पत्र जाहेरीको स्वरूपमा रहेकाले नियमानुसार घटना घटेको स्थानमा जाहेरी दिन सुझाइएको हो । यसबारे कुनै कारबाही गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको नभएको जानकारी गराइएको छ ।’



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया