

रुपन्देही–३ को उपनिर्वाचन रद्द


- संवैधानिक प्रावधानले उपनिर्वाचन बाधक बनेकाले सबै तयारी स्वतः स्थगित भएको आयोगको जानकारी
बुटवल | रुपन्देही ३ मा कार्तिक १७ गते तय गरिएको उपनिर्वाचन रद्द भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा विघटन भइसकेको र नयाँ निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन आवश्यक नदेखिएको हो ।
२०७९ मा रूपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधनपछि रिक्त भएको पद पूर्ति गर्न आयोगले तयारी थालेको थियो। राजनीतिक दलहरूले पनि उम्मेदवार घोषणा र गठबन्धनबारे अन्तिम तयारी गरिसकेका थिए ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने, कर्मचारी परिचालन गर्ने र अन्य प्राविधिक तयारी अघि बढाएको थियो । तर प्रतिनिधिसभाको कार्यकाल समाप्ति नजिक हुनु र बाँकी कार्यकाल दुई वर्षभन्दा कम हुनुका कारण संविधानको धारा ८४ (६) अन्तर्गत अब उपनिर्वाचन नगर्ने निर्णय गरिएको हो ।
आयोगका अधिकारीहरूले भने, “संवैधानिक प्रावधानले बाधक बनेकोले सबै तयारी स्वतः स्थगित भएको हो।” यस निर्णयसँगै जिल्लामा चलिरहेको राजनीतिक चहलपहल पनि रोकिएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया