

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई आगामी ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने कार्यभार



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने कार्यभार दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सपथग्रहण गराउँदै कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने जिम्मेवारी दिएका हुन् ।
जस अनुसार अब आउँदो फागुन महिनाभित्र निर्वाचन हुनेछ । जेनजी समूहले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधानको धारा ६१ ब्मोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा ६१ मा असाधारण अवस्थामा संविधानको संरक्षक राष्ट्रपति हुने व्यवस्था गर्दै देशलाई अघि बढाउन राष्ट्रपतिको स्वविवेकको अधिकार प्रदान गरेको छ ।प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।
नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया