जेनजीकै माग अनुसार अघि बढ्नुपर्छ : लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले मुलुकको नेतृत्व जेनजीकै माग अनुसार अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार नख्खु जेलबाट बाहिरिएपश्चात उनले जेन्जीकै परिकल्पना अनुरुप अघि बढ्नपर्नेमा आफू स्पष्ट रहेको बताएका हुन्।

उनले लुटेराको बाँकि सम्पति पूर्ण रुपमा राष्ट्रीयकरण गर्नुपर्ने धारणा राखे। ‘यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन। यिनको बाँकी सम्पति पनि पूर्ण रुपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ।’ उनले थपे, ‘तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ। राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन्। जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन्। सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। यो आन्दोलन बिशुद्द जेन जीको हो। मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु। र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।’

आम नागरिकको दबाबपछि सरकारले आफ्नो रिहाईको लागि कानुबमोजिमको प्रकिया पुरा गरेर पत्र थमाएपछि कारागारबाट रिहा भएको बताए। उनले भने, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भबिष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु। अब सबैलाई संयमित हुन आग्रह गरे। लामिछानेलाई लिन नेता/कार्यकर्ता कारागार पुगेका थिए।

यता जेन्जीका केही युवाहरूले भने आफूहरुले रिहाई गर्न माग नगरेको बताएका छन्। उनले जेलमा सजाय भोगिरहेकालाई निकाल्ने आफ्नो उद्देश्य नभएको र त्यसको जिम्मा नलिने बताएका छन्। नख्खु जेलसहित विभिन्न जेलबाट कैदीहरू निस्किरहेका छन्।

प्रतिक्रिया

खबर सबै