
जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको लज्जास्पद बहिर्गमन

जेनजी पुस्ताले भ्रष्टाचार, बेतिथि, नेपोकिड्स, र सामाजिक सञ्जाल बन्दको विरुद्धमा सोमबार बिहान ११ बजेबाट आन्दोलन सुरु गरेका थिए ।
उनीहरूको आन्दोलनको राप यति बढ्यो कि आन्दोलन सुरु भएको २७ घण्टामै प्रधानमन्त्री पदबाट केपी शर्मा ओली बहिर्गमनमा पर्नुपर्यो ।
सोमबारको आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दै १९ जनालाई गोली हानेर मारेको थियो । ठूलो संख्यामा मृत्यु र घाइते भएपछि आन्दोलनको राप बढ्दै गयो ।
मंगलबार बिहानैबाट आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको घरमा आगजनी गरे ।
Embark college
नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबारलगायतका सरकारी भवन ध्वस्त भए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय ध्वस्त भए ।
फलस्वरूप ओली राजीनामा दिन बाध्य भए । ओली २०८१ असार ३० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया