

जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको लज्जास्पद बहिर्गमन



जेनजी पुस्ताले भ्रष्टाचार, बेतिथि, नेपोकिड्स, र सामाजिक सञ्जाल बन्दको विरुद्धमा सोमबार बिहान ११ बजेबाट आन्दोलन सुरु गरेका थिए ।
उनीहरूको आन्दोलनको राप यति बढ्यो कि आन्दोलन सुरु भएको २७ घण्टामै प्रधानमन्त्री पदबाट केपी शर्मा ओली बहिर्गमनमा पर्नुपर्यो ।
सोमबारको आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दै १९ जनालाई गोली हानेर मारेको थियो । ठूलो संख्यामा मृत्यु र घाइते भएपछि आन्दोलनको राप बढ्दै गयो ।
मंगलबार बिहानैबाट आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको घरमा आगजनी गरे ।
Embark college
नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबारलगायतका सरकारी भवन ध्वस्त भए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय ध्वस्त भए ।
फलस्वरूप ओली राजीनामा दिन बाध्य भए । ओली २०८१ असार ३० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया