
जेन जीको अपील

देशभर प्रदर्शन जारी रहेका बेला जेन जी आन्दोलनमा सहभागीले सामूहिक अपील गरेका छन् ।
जेन जी आन्दोलनमा सहभागी भएकोमा धन्यवाद दिँदै आन्दोलनका क्रममा शहीद भइएका सम्पूर्णमा श्रद्धाञ्जली अपर्ण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सरकारले घुँडा टेकेको अवस्थामा अब सम्यमता अपनाउन पनि अपील गरिएको छ ।
पढ्नुहोस् अपीलको पूर्ण पाठ
अपील पत्र
प्रिय साथीहरू,
जेनजी आन्दोलनमा सहभागी भई ऐतिहासिक योगदान पुर्याउनु भएका सम्पूर्ण साथीहरूलाई हार्दिक आभार । यस आन्दोलनका क्रममा शहीद हुनुभएका सम्पूर्ण शहीदहरू प्रती हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ । प्रधानमन्त्री केपी ओलीरले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट त्यसलाई स्वीकृत गरिएको छ। यो परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ ।
अब यो देश हाम्रो नेतृत्वमा आएको छ। सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ती हो । त्यसैले, आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षती नपुर्याउन हार्दिक अनुरोध गर्दछौं ।
नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ, त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं ।
हामी सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाल्नेछ ।
जेनजी आन्दोलन


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया