

जेन जीको अपील



देशभर प्रदर्शन जारी रहेका बेला जेन जी आन्दोलनमा सहभागीले सामूहिक अपील गरेका छन् ।
जेन जी आन्दोलनमा सहभागी भएकोमा धन्यवाद दिँदै आन्दोलनका क्रममा शहीद भइएका सम्पूर्णमा श्रद्धाञ्जली अपर्ण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सरकारले घुँडा टेकेको अवस्थामा अब सम्यमता अपनाउन पनि अपील गरिएको छ ।
पढ्नुहोस् अपीलको पूर्ण पाठ
अपील पत्र
प्रिय साथीहरू,
जेनजी आन्दोलनमा सहभागी भई ऐतिहासिक योगदान पुर्याउनु भएका सम्पूर्ण साथीहरूलाई हार्दिक आभार । यस आन्दोलनका क्रममा शहीद हुनुभएका सम्पूर्ण शहीदहरू प्रती हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ । प्रधानमन्त्री केपी ओलीरले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट त्यसलाई स्वीकृत गरिएको छ। यो परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ ।
अब यो देश हाम्रो नेतृत्वमा आएको छ। सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ती हो । त्यसैले, आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षती नपुर्याउन हार्दिक अनुरोध गर्दछौं ।
नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ, त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं ।
हामी सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाल्नेछ ।
जेनजी आन्दोलन


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया