
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा नदिन ह्विप जारी गरेका छन् ।
सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको र यसबारे सरकारले गम्भीर रूपमा अनुसन्धान गर्ने भन्दै एमालेबाट मन्त्री भएकाहरूलाई राजीनामा नबुझाउन भनिएको छ ।
मङ्गलबार खबरहबले एमालेका एक मन्त्रीलाई तपाईँहरूले राजीनामा दिनुहुन्न भनेर सोधेको प्रश्नमा उनले प्रधानमन्त्री ओलीले आफूहरूलाई पदबाट राजीनामा नदिन भनेको बताएका छन् ।
‘यसको उच्चस्तरीय छानबिन समिति बनिसक्ने भनिएको छ तपाईँहरू नडराउनुहोस् अहिले आत्तिएर पदबाट राजीनामा दिनु पर्दैन’, प्रधानमन्त्री ओलीले भनेका थिए, काङ्ग्रेसले र अरूले के गरे भनेर तपाईँहरू आत्तिनु पर्दैन । जेन–जी आन्दोलनमा घुसपैठ भएको हो यसलाई छानबिन गर्नुपर्छ।’
ती मन्त्रीका अनुसार अहिलेसम्म एमालेबाट मन्त्री भएका कसैले पनि राजीनामा दिने तयारी गरेका छैनन् ।
तर कांग्रेसबाट मन्त्री भएका गृहमन्त्री रमेश लेखकले सोमबार नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाइसकेका छन् । यता मङ्गलबार कृषिमन्त्री रामनाथ अधिकारीले समेत राजीनामा दिएका छन् ।
मङ्गलबारै स्वास्थ्यमन्त्री प्रदीप पौडेल र पर्यटनमन्त्री बद्री पाण्डेले पनि राजीनामा दिने चर्चा भइरहेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया