
युवा संघ लुम्बिनीका अध्यक्ष खरेलले गरे एमाले परित्यागको घोषणा

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले एमालेको पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका छन्।
खरेलले सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्।
‘आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु,’ खरेलले लेखेका छन्।
खरेलले जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गर्दै निर्दोष युवाहरूको रगत बगाएको भन्दै नागरिकको पीडामाथि राजनीति गर्ने पार्टीमा बस्नु नैतिक र मानवीय हिसाबले पनि आफूलाई अस्वीकार्य रहेको बताएका छन्।
‘निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ,’ उनले लेखेका छन्।
खरेलले अब आफू रगतले दागिएको पार्टीको सदस्य होइन, पीडितको पक्षमा, न्यायको पक्षमा र नयाँ पुस्ताको आवाजसँगै रहने उल्लेख गरेका छन्।
खरेललाई यसअघि युवा संघ नेपालले पार्टी र नेतृत्वको मर्यादामाथि आँच आउनेगरी गतिविधि गरेको भन्दै संघको जिम्मेवारीबाट निलम्बन गरेको थियो।
युवा संघको पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार सुमन पुरीको पक्षमा लागेका खरेल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थिए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया